AArya
RUMPUM
animated ellipse animated ellipse

प्रदेश १ मा कोरोना संक्रमितको संख्या २० हजार नाघ्यो, ३ सय ६३ जना थपिए संक्रमित

KhabarPurwanchal-Logo

खबर पूर्वाञ्चल

१८ कार्तिक २०७७, मंगलवार १८:१३
540
Shares
विराटनगर / प्रदेश १ को राजधानी विराटनगरमा १ सय २० सहित ३ सय ६३ जना प्रदेश १ मा थप कोरोना संक्रमित थपिएका छन् । प्रदेश १ मा कोरोना संक्रमितको संख्या २० हजार १ सय ५४ पुगेको छ ।

मोरङमा १ सय ५६, सुनसरीमा १ सय २०, झापामा ६०, उदयपुरमा ८, धनकुटा र इलाममा २–२, पाँचथर, भोजपुर र ते¥हथुममा १–१ र प्रदेश १ बाहिरका १२ जना रहेको सामाजिक विकास मन्त्रालयले जनाएको छ ।

मन्त्रालयका अनुसार विराटनगरमा १ सय २० जनामा संक्रमण देखिएको छ । संक्रमण पुष्टि भएकामा ५८ महिला र ६२ पुरुष छन् । मोरङको सुन्दरहरैचामा १०, पथरीशनिश्चरे र कटहरीमा ५/५, बेलबारीमा ३, धनपालथान, रतुवामाई, ग्रामथान, रंगेली र केराबारीमा २–२, बुढीगंगा, कानेपोखरी र लेटाङमा १/१ जनाको रिपोर्ट पोजेटिभ आएको छ ।

सुनसरीको धरानमा ८१, इटहरीमा २५, बराहक्षेत्रमा ५, इनरुवामा ४, रामधुनीमा ३, भोक्राहानरसिंह र दुवहीमा १/१, झापाको दमकमा ३१, विर्तामोडमा १०, गौरादह र भद्रपुरमा ५–५, गौरीगञ्जमा ४, बुद्धशान्ति, मेचीनगर, अर्जुनधारा, शिवसताक्षी र कमलगाउँपालिकामा १–१ जनामा संक्रमण देखिएको सामाजिक विकास मन्त्रालयले जनाएको छ ।

उता उदयपुरको कटारीमा ५, चौदण्डीगढी, त्रियुगा र स्थानीयतह नखुलेका १/१, धनकुटामा २, इलामको चुलाचुलीमा २, पाँचथरको मिक्लाजुङमा १, भोजपुरमा १, ते¥हथुमको म्याङलुङमा १ र प्रदेश १ बाहिरका १२ जनाको रिपोर्ट पोजेटिभ आएको मन्त्रालयले जनाएको छ ।

प्रदेश १ मा आज १ सय ६० जना डिस्चार्ज भएका छन् । वि.जेनरल अस्पताल हरिनगरबाट ३९, प्रहरी प्रशिक्षण केन्द्र आईसोलेसन विराटनगरबाट ३५, रमानन्द आचार्य सेवापीठ बराहक्षेत्रबाट २६, इनरुवा आईसोलेसन सुनसरीबाट १९, विराट मेडिकल कलेज र गढी आईसोलेसन केन्द्रबाट १४/१४, जिल्ला अस्पताल संखुवासभाबाट ७, रुम्झाटार आईसोलेसन केन्द्रबाट ३, इलाम अस्पताल, जिल्ला अस्पताल खोटाङ र जीवन विकास आधारभुत विद्यालय आईसोलेसन केन्द्रबाट १/१ जना डिस्चार्ज भएका हुन । हालसम्म डिस्चार्ज हुनेको संख्या ११ हजार ७ सय ३६ पुगेको छ ।

प्रदेश १ मा आज १ हजार ८५ जनाको पीसीआर परीक्षण गरिएको छ । परीक्षण गरिएका मध्ये १ सय ५३ महिला र २ सय १० पुरुषको रिपोर्ट पोजेटिभ आएको हो । प्रदेश १ मा हालसम्म १ लाख ६३ हजार ४ सय ९९ जनाको पीसीआर परीक्षण गरिएको सामाजिक विकास मन्त्रालयले जनाएको छ ।

 

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

फोटो फिचर