AArya
RUMPUM
animated ellipse animated ellipse

एक करोड १५ लाख रूपैयाँ जरिवाना र दुई महिना कैद सजाय पाएका अभियुक्त १० महिनापछि पक्राउ

KhabarPurwanchal-Logo

खबर पूर्वाञ्चल

१२ कार्तिक २०७७, बुधबार १९:२६
1.91k
Shares
विराटनगर /एक करोड १५ लाख रूपैयाँ जरिवाना र दुई महिना कैद सजायको फैसला गरेको एक जना अभियुक्तलाई प्रहरीले पक्राउ गरेको छ ।

‘बैकिङग कसुर सम्बन्धी मुद्दाका’ फरार प्रतिवादी झापा कन्काई नगरपालिका –३ का ५५ वर्षिय राजेन्द्रप्रसाद प्रसाईलाई झापा प्रहरीले १० महिनापछि आज पक्राउ गरेको हो ।

पक्राउ परेका प्रसाई विरूद्ध ‘बैकिङग कसुर सम्बन्धी मुद्दामा’ उच्च अदालत विराटनगरले विभिन्न मितिमा १ करोड १५ लाख जरिवाना र २ महिना कैद सजायको फैसला सुनाएको थियो । उच्च अदालत विराटनगरले २०७६ पुस १४ गते १ महिना कैद र २५ लाख रुपैयाँ जरिवाना गरेको थियो । यस्तै सोही अदालतले २०७६ पुस २१ गतेको फैसलाले प्रसाई विरूद्ध १ महिना कैद र ९० लाख रुपैयाँ गरी जम्मा २ महिना कैद सजायका साथै १ करोड १५ लाख जरिवाना तोकिएको प्रतिवादीलाई झापा प्रहरीले पक्राउ गरेको प्रदेश १ प्रहरी कार्यालय विराटनगरले जनाएको छ ।

अदालतले कैद सजाय तोकेपछि अभियुक्त प्रसाई फरार थिए । दशैंको मौकामा फरार प्रतिवादी प्रसाई घर आएको प्रहरीले पत्तो पाएपछि पक्राउ गरिएको प्रदेश प्रहरी कार्यालय विराटनगरका प्रहरी नायव उपरीक्षक कविन्द्रकुमार कार्कीले जानकारी दिए । ‘बिशेष सूचनाको आधारमा झापा प्रहरीले फरार प्रतिवादी पक्राउ गरिएको हो,’ उनले भने, ‘दशैंको कारणले अदालत बन्द रहेकोले अदालत सञ्चालनमा आएपछि प्रतिवादीलाई उपस्थित गराईनेछ ।’

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

फोटो फिचर