AArya
RUMPUM
animated ellipse animated ellipse

विराटनगरमा १ सय ६२ सहित प्रदेश १ मा थपिए ५ सय १३ कोरोना संक्रमित

KhabarPurwanchal-Logo

खबर पूर्वाञ्चल

५ कार्तिक २०७७, बुधबार १८:५८
765
Shares
विराटनगर / प्रदेश १ को राजधानी विराटनगरमा १ सय ६२ सहित प्रदेशमा आज ५ सय १३ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।

मोरङमा २ सय ३०, सुनसरीमा १ सय ८३, झापामा ७१, धनकुटामा ११, उदयपुरमा ७, इलाममा ३, पाँचथरमा २ र प्रदेश १ बाहिरका ६ जना रहेको सामाजिक विकास मन्त्रालयले जनाएको छ ।

मन्त्रालयका अनुसार विराटनगरमा १ सय ६२ जनामा संक्रमण देखिएको छ । संक्रमण पुष्टि भएकामा ६८ महिला र ९४ पुरुष छन् । विराटनगरबाहेक मोरगको ग्रामथानमा १८, उर्लाबारीमा १४, सुन्दरहैचामा १०, रंगेलीमा ५, बेलबारीमा ४, कानेपोखरी, कटहरी, पथरीशनिश्चरे र लेटाङमा ३–३, धनपालथानमा २, जहदा, सुनबर्षी र रतुवामाईमा १–१ जनाको रिपोर्ट पोजेटिभ आएको छ ।

उता सुनसरीको धरानमा ९१, इटहरीमा ७४, रामधुनीमा ६, दुहवीमा ३, इनरुवा, बराहक्षेत्र र गढीमा २–२ , देवानगञ्ज, बर्जु र स्थानीय तह नखुलेका १–१ जनामा संक्रमण देखिएको सामाजिक विकास मन्त्रालयले जनाएको छ ।

त्यस्तै झापाको दमकमा २८, विर्तामोडमा १६, मेचीनगरमा ५, कचनकवलमा ४, भद्रपुरमा ३, गौरादह, बुद्धशान्ति, कनकाई र कमल गाउँपालिकामा २–२, बा¥हदशी, हल्दिबारी र झापा गाउँपालिकामा १–१, र स्थानीय तह नखुलेका ४ जनाको रिपोर्ट पोजेटिभ आएको छ । धनकुटाको धनकुटा नगरपालिकामा ९ र साँघुरीगढीमा २, उदयपुरको बेलका र चौदण्डीगढीमा २–२, उदयपुरगढी, त्रियुगा र स्थानीय तह नखुलेका १–१, इलामको रोङ, सुर्योदय र स्थानीय तह नखुलेका १–१, पाँचथरको फालेलुङमा २ र प्रदेश १ बाहिरका ६ जनामा संक्रमण देखिएको सामाजिक विकास मन्त्रालयले जनाएको छ ।

प्रदेश १ मा आज २८ जना डिस्चार्ज भएका छन् । विराट मेडिकल कलेजबाट १८, कोशी अस्पताल कोभिड १९ उपचार केन्द्रबाट ७, वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानबाट २ र होमआईसोलेसनबाट १ जना डिस्चार्ज भएका हुन । हालसम्म डिस्चार्ज हुनेको संख्या ६ हजार २ सय ८ पुगेको छ ।

प्रदेश १ मा आज १ हजार ८८७ जनाको पीसीआर परीक्षण गरिएको छ । परीक्षण गरिएका मध्ये २३० महिला र २८३ पुरुषको रिपोर्ट पोजेटिभ आएको छ । हालसम्म १ लाख ५० हजार ७५१ ज्नाको पीसीआर परीक्षण गरिएको मन्त्रालयले जनाएको छ ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

फोटो फिचर