खबर पूर्वाञ्चल
सामाजिक विकास मन्त्रालयद्धारा आज आयोजित नेपाली भाषा ः चुनौति र समाधान विषयक अनलाईन कार्यक्रममा मन्त्री घिमिरेल सो कुारा बताएका हुन् । उनले प्रविधिका र विश्वव्यापीकरणका कारण भाषिक चुनौति थपिएको बताए । उनले भने,‘ कतिपय शब्दलाई स्वीकारर्नुपर्ने अवस्था पनि छ ।’ अंग्रेजीबाट सिकेको कुरा मात्र सहि हुन्छ भन्ने मान्यतालाई बदल्नुपर्नेमा उनले जोड दिए । सिकाई कुनैपनि भाषा र माध्यमबाट हुन सक्ने भन्दै मन्त्री घिमिरेले भने,‘ अंग्रजी नै सवै कुरा होईन ।’ सिकाईका कुनैपनि माध्यमहरु हुन सक्छन् भन्ने बोध समाजलाई गराउनुपर्ने अवस्था आएको मन्त्री घिमिरेले बताए । नेपाली भाषाबाट काम गर्न सक्ने क्षेत्रहरुको पहिचान गरेर सच्याउन ध्यान दिनुपर्ने उनले बताए ।
कार्यक्रममा प्रा.डा. टंकप्रसाद न्यौपाने र डा. रमेश घिमिरेले नेपाली भाषा ः चुनौति र समाधान विषयमा कार्यपत्र प्रस्तुत गरे । कार्यपत्र माथि स्वदेश तथा विदेशमा रहेका नेपाली भाषाका विज्ञहरुले टिप्पणी गरेका थिए ।