AArya
RUMPUM
animated ellipse animated ellipse

चितलको तस्करी गरेको आरोपमा दुई पक्राउ

KhabarPurwanchal-Logo

खबर पूर्वाञ्चल

१ भाद्र २०७७, सोमबार २१:१६
657
Shares
विराटनगर / मोरङ पथरीशनिश्चरे नगरपालिका २ स्थित हरियाली सामुदायिक वन भित्र चितल तस्करी गरेको आरोपमा दुई जनालाई प्रहरीले पक्राउ गरेको छ ।

पक्राउ पर्नेमा पथरीशनिश्चरे १ का २६ वर्षिय चित्रकुमार श्रेष्ठ र भोजपुर बलगाउ ५ घर भई हाल पथरीशनिश्चरे १ बस्ने २१ वर्षिय बिकास राई पक्राउ परेका हुन् ।

हरियालाी बनमा पासो थापी अन्दाजी ३ बर्षको पोथिजातको चितल मारी लाँदै गरेको अवस्थामा वनका कर्मचारी तथा इप्रका पथरीबाट खटिएको प्रहरीले उनीहरुलाई पक्राउ गरेको मोरङ प्रहरीले जनाएको छ । पक्राउ परेका दुवै जनालाई प्रहरीले आवश्यक कारबाहीको लागी सव डिभिजन कार्यालय पथरीमा बुझाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

फोटो फिचर