खबर पूर्वाञ्चल
कोरोना भाइरसको संक्रमण समुदायमा फैलिएपछि त्यसको नियन्त्रणका लागि प्रहरीको सक्रियता महत्वपूर्ण रहेको भन्दै रोटरी क्लब अफ विराटनगरले जिल्ला प्रहरी कार्यालय मोरङमा आयोजित एक कार्यक्रममा प्रहरीलाई तीन सय थान फेस सिल्ड माक्स र तीन सय ७५ थान एन ९५ माक्स क्लबका अध्यक्ष विजुकुमार थपलियाले मोरङका प्रहरी प्रमुख एसपी सन्तोष खड्कालाई हस्तान्तरण गरे ।
सर्भिस डाइरेक्टर मनोजविक्रम शाहका अनुसार क्लबले समय समयमा यसप्रकारको कार्य गर्दै आएको छ । कोरोना भाइरस संक्रमणको जोखिम नियन्त्रणमा जनचेतनामूलक कार्यदेखि विभिन्न स्वास्थ्य सामाग्रीहरु वितरण समेत गरिएको शाहले बताए ।