खबर पूर्वाञ्चल
मोरङको रतुवामाई नगरपालिकामा आज ९ जनामा कोरोना संक्रमण पुष्टि भएसँगै मोरङमा संक्रमितको संख्या १ सय २ पुगेको होे । प्रदेश १ सामाजिक विकास मन्त्रालयका अनुसार प्रदेश १ मा कोरोना संक्रमितको संख्या ४ सय १६ रहेको जनाएको छ । सवैभन्दा बढी झापामा १ सय ७६ जनामा संक्रमितरहेका छन् भने दोस्रोमा मोरङ रहेको छ ।त्यस्तै सुनसरीमा ६२ र उदयपुरमा ४७ जना रहेको छ ।

रतुवामाई पछि सुनवर्षी नगरपालिकामा २८ जना कोरोना संक्रमित भेटिएका छन् । विराटनगर, पथरीशनिचरे, लेटाङ, सुन्दरहरैचालगायत स्थानीय तहमा गरी जम्मा १०२ जना कोरोना संक्रमित भेटिएका हुन ।