खबर पूर्वाञ्चल
प्रत्येक परिवारलाई चालम, दाल, तेल, आलु र साथमा तीन सय रुपैयाँ राहत वितरण गरेको उनले जानकारी दिए । चामल, तेल, आलु दिएर मात्रै अपुग हुने भएका कारण मसला किन्नका लागि पैसा समेत दिएको व्यवसायी आलमको बताए ।
आलमले यसअघि चैत्र ११ गते सरकारले लकडाउनको घोषणा गरेसँगै आलमले लकडाउन अवधिभर राहत वितरण गर्ने घोषण गरेका थिए । लकडाउनका कारण कोही पनि मानिस भोकै रहन नपरोस् भन्ने उद्देश्यले राहत वितरण गरेको आलमले बताए । उनका अनुसार हालसम्म उनले १२ सय विपन्न परिवारलाई राहत वितरण गरिसकेका जानकारी गराए ।
मुस्लिम समुदायको रमजाम पर्वमा मस्जिद, मदरसामा लाखौँ पैसा दान दिने गरेको भएपनि कोरोना भाइरसका कारण सम्पूर्ण मस्जिद बन्द रहेकाले विपन्न वर्गलाई राहत वितरण गरेको उनले बताए । आलमले भने, ‘मैले मस्जिदमा दान गर्नु र गरिबको भोको पेट भर्नु उस्तै जस्तो आभास गरेको छु । गरीबको चुलो बाल्न सहयोग गरेर अल्हालाई खुशी पारे झैँ महसुस भएको बताए ।’