RUMPUM
animated ellipse animated ellipse

कोरोना उपचार केन्द्र विस्तार गर्ने प्रदेश १ सरकारको तयारी

KhabarPurwanchal-Logo

खबर पूर्वाञ्चल

१२ बैशाख २०७७, शुक्रबार २१:१८
3
Shares
विराटनगर / प्रदेश १ मा कोरोना संक्रमणको संख्या बृद्धि भएसँगै प्रदेश सरकारले उपचार केन्द्रहरु विस्तार गर्ने तयारी गरेको छ ।

प्रदेश सरकारले विराटनगरमा कोभिड १९ उपचार केन्द्र सञ्चालन गरेको छ । उपचार केन्द्रको क्षमता ५० वेडको रहेको छ । सो अस्पतालमा २८ जना अहिले उपचाररत रहेका छन् । भोजपुरका एक संक्रमितलाई पनि विराटनगर ल्याइदैछ । अहिलेको अनुपातमा विरामी संख्या बढ्दै गएमा ५÷६ दिनपछि उपचार केन्द्रमा वेड अभाव हुने भएपछि प्रदेश सरकारले सुनसरी धरानको विपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा १ सय वेडको तयारी गरिरहेको छ । विपीमा विरामी बढ्दै गएमा अन्य सेवा रोकेर कोरोनाको मात्र उपचार गर्ने गरि तयारी भईरहेको सामाजिक विकास मन्त्री जीवन घिमिरेले बताए ।

आज साँझ विराटनगरमा नागरिक समाज, तथा बुद्धिजीविसंगको भिडियो कन्फ्रेन्समा प्रदेशका सामाजिक विकास मन्त्री घिमिरेले संक्रमितको संख्या बढ्ने क्रममा विपीसँगै मोरङ सुन्दरहरैंचा नगरपालिकाको गोठगाँउस्थित पूर्वाञ्चल विश्वविद्यालयको शिक्षण अस्पताललाई समेत तयार पार्न प्रावीधिक टोली खटिएको प्रस्टाए । टिचिङ अस्पतालमा १ सय ५० वेडको कोरोना उपचार केन्द्र बनाउने तयारी छलफल अघि बढेको मन्त्री घिमिरेले बताए ।

कोरोना रोकथाममा प्रदेश सरकार गम्भीर रहेको जनाउदै मन्त्री घिमिरेले उदयपुर जिल्लामा सुरक्षाअवस्था कडा बनाएको र भोजपुरबाट देखिएका संक्रमित क्षेत्रलाई समेत कडा निगरानीमा राखिएको उल्लेख गरे। कोभिड १९ को चेकजाँचको दायरालाई थप बृहत बनाउनुपर्नेमा बुद्धिजीविहरुको सुझावमा मन्त्री घिमिरेले आरडीटीलाई प्रदेशका विभिन्न स्थानमा बढाइएको र भोली परिक्षण जाँचका लागि थप दुइवटा नयाँ मेशिन प्रदेश सरकारले ल्याउने जानकारी दिए।

उदयपुरको जिल्ला अस्पताल र वेलसोतमा पनि कोरोना उपचार केन्द्र बनाउने तयारी गरिएको मन्त्री घिमिरेले जानकारी दिए । उदयपुर जिल्ला अस्पतालका लागि प्रदेश सरकारले १ करोड वजेट छुट्याएको छ । जिल्ला अस्पतालको पूर्वाधारले धेरै विरामी राख्न नसक्ने भएकाले वेलसोतमा पनि तयारी गरिएको मन्त्री घिमिरेले बताए ।

विराटनगरको कोभिड १९ उपचार केन्द्रले विशिष्टीकृत सेवा दिईरहेको उनले दावी गरे । सो अस्पतालमा २५ जना स्वास्थ्यकर्मी र १७ जना व्यवस्थापक खटिएको मन्त्री घिमिरेले बताए । उदयपुर र भोजपुरमा देखिएको संक्रमणलाई अन्यत्र सर्न नदिने गरि प्रदेश सरकारले काम गरिरहेको उनले बताए । भोजपुरमा देखिएको संक्रमणलाई ठाउँको ठाउँ नियन्त्रण गर्ने गरि काम भईरहेको मन्त्री घिमिरेले बताए । भोजपुरमा संभावित संक्रमितको स्वाव परिक्षणको काम पनि शुरु भएको उनले बताए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

तपाईको प्रतिक्रिया

*

फोटो फिचर