परिस्थितिलाई काबुमा राख्न सक्छौं : मुख्यमन्त्री राई

खबर पूर्वाञ्चल, १२ बैशाख २०७७, शुक्रबार १३:२२
फाइल तस्वीर

विराटनगर / प्रदेश १ का मुख्यमन्त्री शेरधन राईले कोरोना भाईरस नियन्त्रणका लागि प्रदेश सरकारको तयारी राम्रो रहेको बताएका छन् ।

वल्र्ड भिजन इन्टरनेशनलले आज मुख्यमन्त्री कार्यालयमा आयोजना गरेको व्यक्तिगत सुरक्षा उपकरण (पीपीई) सेट हस्तान्तरण कार्यक्रममा मुख्यमन्त्री राईले सो कुरा बताएका हुन् । मुख्यमन्त्री राईले परिस्थितिलाई कावु भित्र राखिएको बताए । उनले अहिले नै आत्तिहाल्नु पर्ने अवस्था नभएको बताए ।

मुख्यमन्त्री राईले पछिल्लो समय कोरोना भाईरसको संक्रमणको मात्रा प्रदेश १ मा बढेको बताउँदैे संक्रमणको संख्या अझै बढ्न सक्ने आँकलन समेत गरिएको बताए । मुख्यमन्त्री राईले भने,‘ प्रदेश १ मा कोरोना भाईरस नियन्त्रणको तयारी राम्रो छ ।’ उनले कोरोना भाईरस नियन्त्रणका लागि प्रदेश १ मा सवै एकढिक्का भएर काम गरिरहेको समेत बताए ।

प्रदेश सरकारलाई उल्लेख्य सहयोग प्राप्त भईरहेको समेत मुख्यमन्त्री राईले बताए । सो कार्यक्रममा वल्र्ड भिजन इन्टरनेशनल पूर्व क्षेत्रीय व्यवस्थापक विनय अमात्यले २ सय १५ थान पीटीई सेट मुख्यमन्त्री राईलाई हस्तान्तरण गरे ।

पीपीई सेट मुख्यमन्त्री राईलाई हस्तान्तरण गर्दै वल्र्ड भिजन इन्टरनेशनल पूर्व क्षेत्रीय व्यवस्थापक अमात्यले कार्यक्षेत्रका मोरङ, सुनसरी र उदयपुर जिल्लामा स्थानीय तहसँगको समन्वयमा विभिन्न सामाग्रीहरु वितरण गरिएको जानकारी गराए ।

वल्र्ड भिजनले प्रदेश सरकारलाई एन ९५ मास्क, सर्जिकल मास्क, मेडिकल प्रोटेक्टीभ क्लोथ, इलेक्ट्रोनिक थर्ममिटर, ग्लोब्स, ह्याण्ड सेनिटाईजर लगायतको १० प्रकारका सामाग्री समावेश गरिएको २ सय १५ थान पीपीई सेट हस्तान्तरण गरिएको वल्र्ड भिजन फिल्ड कार्यालयका पब्लिक इन्गेजमेन्ट स्पेश्लीष्ट प्रमिल अधिकारीले जानकारी दिइन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

तपाईको प्रतिक्रिया

*

KVM

खबर पूर्वाञ्चल

खबर पूर्वाञ्चल मिडिया प्रालीद्वारा सञ्चालीत खबर पूर्वाञ्चल डट कम
सञ्चालक तथा प्रवन्धक निर्देशक:
पुष्पराज थपलिया
सम्पर्क नं. ९८५२०२९८२२, ९८०७०६१९९२
Email: pushpa.biratnagar@gmail.com
सम्पादक – डिल्ली पोखरेल, ९८५२०२२३९२
सुचना तथा प्रसारण विभाग दर्ता नं. ०७५७/०७४/७५