RUMPUM
animated ellipse animated ellipse

कटहरीका कृषकको खेतमा रहेको पाँच सय ट्रक टमाटर कुहिने अवस्थामा

KhabarPurwanchal-Logo

खबर पूर्वाञ्चल

१० बैशाख २०७७, बुधबार २०:४८
3
Shares
विराटनगर / मोरङको कटहरी गाउँपालिका–४ नयाँबजारका कृषकहरु लकडाउन र बर्षाको कारण खेतमा रहेको एक हजार ट्रक भन्दा वढीको टमाटर कुहिने पिरले भोकप्यास हराउन थालेको छ ।

उक्त बडाका पाँच सय किसानले पाँच कठ्ठा जग्गा देखि १० विघाजग्गामा तरकारी खेती गर्ने गरेकोमा यस पटकको लकडाउनले यातायातको साधन सञ्चालन नहुंदा कृषि बजारसम्म पु¥याउन नसक्दा वारीमै रहेको टमाटरलगायतका अन्य हरियो तरकारी कुहिने अवस्था सिर्जना भएकाले चिन्तित भएका छन् ।

खेतीमा रहेको टमाटर लकडाउनको कारण यातायात सञ्चालन नहुंदा विक्रीमा समस्या भएको थप आज भएको बर्षाको कारणले आधा टमाटरर आगामी एक हप्ता भित्र कुहिने अवस्था सिर्जना भएको कृषकहरुको भनाइ रहेको छ ।

कृषकहरुले अहिले प्रतिकिलो ५ देखि १० भन्दा कम रकममा न्यून स्तरमा स्थानीय केही व्यापारीहरुलाई टमाटर खेतीबाट विक्री गरिरहेका छन् ।

प्रदेश १ को सवैभन्दा ज्यादा टमाटर हुने उक्त क्षेत्रमा बजारको पहुँच अहिले नहुंदा किसानले उत्पादन गरेको टमाटर बोटमा लटरम्व देखिन्छ भने र्भुइमा धेरैमात्रामा झरिरहेको छ ।

यस क्षेत्रमा उत्पादन हुने हरियो तरकारी प्रदेशको आवश्यकता पूर्ति हुन समक्ष भएको कृषकहरुको भनाई रहेको छ ।

कटहरीमा उत्पादित टमाटरलगायतका अन्य तरकारीहरु मोरङको विराटनगर, उर्लावारी, सुनसरीको धरान,झापाको दमक, विर्तामोड,सिरहाको लहान, गोलबजार, चितवन, काठमाडौ, पोखरा , बुटवल, नेपालगञ्जलगायतका क्षेत्रका व्यापारीहरुले खरीद गर्ने गरेकोमा लकडाउनको कारण विक्री ठप्प भएको कृषक कपिन्द सिंहले बताए ।

कृषक सिंह आठ वर्ष खाडी मुलुकमा आफ्नो युवा कालको परीश्रम खर्च गरे पनि माटोको मायाले स्वदेशमा केही गर्छु भन्दै विगत पाँच बर्षदेखि मौसमी तरकारी खेती गर्दै आएका छन् ।

दुई छोराछेरीका बुवा ३५ बर्षिय कपिन्द्र चार विघा जग्गामा टमाटमर, घिरौला,बन्दाकोवी, खोर्सानी, घिरौला, भिण्डी लौका,वैगुनलगायतका तरीकारी खेती गर्दै पाँच जनालाई रोजगार दिइरहेका छन् ।

डोरी तानेर गरिने टमाटर खेतीमा अन्य तरकारी भन्दा खर्च ज्यादा लागेपनि आम्दानी पनि अन्य भन्दा ज्यादा नैे हुने गरेको उनको भनाई रहेको छ ।

टमाटरका साथ सोही स्थानमा वोडी, लौकाको खेती पनि गर्नाले सहज भएको कृषक कोपिन्द्रले भने ।

टमाटम खेतीमा प्रतिकठ्ठा १५ देखि २० हजार खर्च लागे पनि ३० क्विन्टल उत्पादन हुने गरेको छ भने यसमा जोखिम धेरै नै रहेको कृषकहरुको भनाई रहेको छ ।

कृषि सम्वन्धी केही प्राविधिक ज्ञान लिएर तरकारी खेती शुरु गरेको जानकारी दिदै कोपिन्दले भने –यसवाट आफ्नो परिवार राम्रोसँग पालन पोषण गर्नुका साथै केही स्थानीयलाई रोजगार दिन पाएकोमा खुशी व्यक्त गरे ।

स्थानीय कृषि सहकारीका सञ्चालक समेत रहेका कोपिन्द्रले आफूले तरकारी खेती गरेको देखेर यस वडाका अन्य छिमेकीलगायतले खेती गर्न शुरु गरेकोमा सन्तुष्टी व्यक्त गरे ।

यसैगरी सिटी रिक्सा चालक ३२ वर्षिय छेदी सिंहले दुई विघा जग्गा वार्षिक एक लाखमा भाडामा लिई मौसमी तरकारी खेती गर्ने गरेकोमा सवै खर्च कटाई वार्षिक ४ लाख आम्दानी गर्ने गरेको बताए ।

प्रदेश तथा स्थानीय सरकारबाट कृषि सम्वन्धमा प्राविधिक ज्ञान तथा सहयोग नपाएको कृषकहरुको गुनासो रहेको छ ।

उनीहरुले सिंहदरवार गाउँगाउँ ,टोलटोलमा आएको भन्ने मात्र सुनेको तर अनुभव चै अहिलेसम्म गर्न नपाएको धारणा व्यक्त गरेका छन् ।
सोही स्थानका अर्का कृषक सुरेश सिंहले लकडाउनको कारण खेतीमा टमाटर कुहिनुको साटो आज १० भन्दा कम मूल्यमा काठमाडौका व्यापारी दुई सय क्रेट(प्रति केट २५ किलो) टमाटर पठाउन लागेको जानकारी दिए ।

लकडाउन नभएको भए २० देखि २५ मा खेतीबाटै थोकमा विक्री हुन्थ्यो तर न्यून मूल्यमा विक्री गर्नु परेकोमा दुःख व्यक्त गर्दै केही लागत यसबाट उठ्ने उनले बताए ।

कृषक सुरेशले १ विघा खेतमा बन्दा, काक्रा, लौका, टमाटरलगायतका तरकारीवाट वार्षिक रुपमा सवै खर्च कटाएर तीन लाख वचत गर्ने गरेको सुनाए ।

दुई विघामा तरकारी खेती गर्ने अर्का किसान जीतेन्द्र सिंहले अहिले टमाटर खोर्सानी उत्पादन भइरहेको बताउँदै लकडाउनले बजारसम्म तरकारी पुग्न नपाउँदा परिवार पालनपोषणमा समस्या उत्पन्न भएको विचार व्यक्त गरे ।

विगत १५ वर्षदेखि खेती गर्दै आएका जीतेन्द्रले चार वर्षदेखि अन्नबाली छोडी तरकारी खेतीमा आकर्षित भएका छन भने यसबाट ५ जनाको पारिवार पाल्नुका साथै वार्षिक रुपमा ५ लाख वचत हुने गरेको बताए ।उनले कृषकहरुलाई समयमा मल, कृषि सम्वन्धी आधुनिक ज्ञान, कृषि औजारमा सहज उपलव्धता, कृषि ऋणमा सहज पहुंच र तरकारी खरीदमा प्रदेश तथा स्थानीय सरकारको सहयोग हुनुपर्नेमा जोड दिए ।

कृषक कोपिन्दले स्वदेशी उत्पादनलाई प्रोत्साहन गर्नु पर्नेमा जोड दिदै यहाँ उत्पादन हुने हरियो तरकारी भारतवाट आयतमा प्रतिवन्ध लगाउनु पर्नेमा जोड दिए ।

प्रदेश १ का सामाजिक विकास मन्त्रालय र भुमि व्यवस्था , कृषि सहकारी मन्त्रालयले लकडाउन कारण कटहरीका कृषकको तरकारी खेतमा कुहिने समस्या समाधानका लागि पहल शुरु गरेको छ ।

प्रदेश सरकारले जिल्ला सहकारी लि. मार्फत कटहरीमा रहेको कृषि थोक बजारसम्म कृृृषकले ल्याएको तरकारी विक्रीमा सहज बनाएको सहकारीका अध्यक्ष डिल्ली पोखरेलले बताए । उनले प्रदेश सरकारको अनुरोधमा सोमबार तीन ट्रली कृषकको टमाटर,बन्दा, लौका विक्रीमा सहज पु¥याएको बताए ।

कृषकले ल्याएकोृ तरकारी थोक बजार विक्री गर्ने तथा बाँकी विराटनगर क्षेत्रमा विक्री वितरण गर्न यातायात साधन सहित सहयोग गरेको बताए ।

यता कृषक कोपिन्द्रले एक हजार ट्रक टमाटर खेतीमा रहेको अवस्थामा बजारमा तरकारी पु¥याई विक्री गर्नु असहज भएको बताउदै खेतबाट खरीदको व्यवस्था गरी मुलुकका अन्य बजारमा विक्री गर्न सहज बातावरण मिलाउन आग्रह गरे । उनले यही अवस्थामा रहे यस क्षेत्रका किसान तरकारी छाडी अन्य खेती गर्न बाध्य हुने समेत बताए ।

औषधिको थोक विक्रेता एवं तरकारीका उपभोक्ता राजेश सिंह डङ्गोल मुलुकलाई तरकारीमा आत्मनिर्भर बनाउन कृृषकलाई प्रोत्साहन गर्नु पर्नेमा जोड दिदै विदेशी मुद्रा सञ्चीतका लागि भारतीय क्षेत्रबाट आयात हुने हरियो तरकारी पूर्णरुपमा बन्देज लगाउनु पर्ने आवश्यक्ता औल्याए ।
कटहरी–४ का किसानरुले एक सय विघामा तरकारी खती गरिरहेका छन् भने
अहिले तरकारी विक्री नहुंदँ गाई, बाख्रालाई खुवाउने गरेको छन । यहाँका किसानले प्रतिकठ्ठा बोडि २ क्विन्टल,लौका २० क्विन्टल, भिन्डी तीन देखि चार क्विन्टल, काक्रा १२ क्विन्टल र बन्दाकोवी ४० क्विन्टल उत्पादन गर्ने गरेको कृषक कोपिन्द्रले बताए ।

कृषहरुको उपभोक्ताको स्वास्थ्यप्रति सचेत हुदै हरियो तरकारीमा सरकारले तोकेको मापदण्ड अनुसार विषादी छकर्ने गरेका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

तपाईको प्रतिक्रिया

*

फोटो फिचर