AArya
ARNIKO ADD
RUMPUM
animated ellipse animated ellipse

भारतीय तरकारी आयातलाई रोकेर स्थानिय उत्पादनलाई जोड दिन कटहरीका कृषकको माग

KhabarPurwanchal-Logo

पूर्वाञ्चल खबर

६ बैशाख २०७७, शनिबार १८:५१
3
Shares
विराटनगर / लटरम्म टमटर, बोटले थेग्न नसक्ने लौका फलेको छ कटहरी ४ नयाँ बजारस्थित कोपिन्द्र सिंहको खेतमा । लकडाउनका कारण उत्पादन भएका तरकारी बजारमा निर्यात गर्न सकेका छैनन् उनले । उनको १४ विगाहा जमिन छ । ४ विगाहा जमिनमा मौसमी तरकारी खेती लगाएका छन् ।

भारतबाट दैनिक निर्यात हुने तरकारी केहि हद रोकेर स्थानिय उत्पादनलाई बजारसम्म पु¥याउने व्यवस्था सरकारले गरे केहि राहत हुने उनले बताए । विराटनगरको आवश्यकता रानी नाकाबाट भित्रिने तरकारीले स्थानिय तरकारीको बारीमै कुहिने सिंहले बताए ।

‘तरकारी बोकेका भारतीय ट्रकहरु रातारात रानीबाट भित्रिने गरेका छन्,’ उनले भने, ‘स्थानीय प्रशासनले भारतीय तरकारी रोकेर स्थानीय उत्पादन बजारसम्म र्पुयाउन मद्दत गरे नेपाली किसानहरुलाई ठूलो राहत पाउँने उनले दुखेसो पोखे ।

उनले खेतमा लौका, टमटर, भन्टा, बन्दाकोपि, खुर्सानीलगायतका मौसमी तरकारी लगाएका छन् । बाउ बाजेदेखिको पालाबाट नै खेती किसान गर्दै आएको भए पनि ९ वर्षदेखि व्यवसायीकरुपमा तकारी खेती गर्दै आइरहेको बताउने कोपिन्द्रले २ कठ्ठा जमिनबाट तकारी खेती सुरु गरेका थिए ।

वर्षको लाखौ बढी आम्दानी हुने पछिल्लो समय कोरोना भाईरसको भय र लकडाउनले व्यापार ठप्प रहेको उनले बताए । उनले भने सँधै खेतमा नै तकारी उठाउन आउने आजभोली लकडाउनले गर्दा ग्रहाक आउन छोड्यो, पुँजी उठाउन धौ, धौ हुने भयो ।

बजारमा बेच्न पठाउदा बिक्री नहुने र सँधै बोटैमा उठाउने ग्राहक आउन छोडेकाले टमाटर बोटैमा मर्न थालेको दुखेसो उनले पोखे ।

वैदेशिक रोजगारीका लागि मलेसियामा ४ वर्ष वस्दाको अनुभव पनि उनीसँग छ । अर्काको देशमा नाली स्वार्ने, पोछा लगाउने काम गरियो, कति अर्कोको देशमा पसिना वेच्ने भनेर आफ्नै देशको माटोमा पसिना बगाउन सुरु गरेको लकडाउनो २६ दिनले लगाएको बाली सखाप हुन लाग्यो उनले भने ।
\

उनलाई आफ्नै देशको माटोसँग प्रेम बसेको अनुभव सुनाउँछन् । त्यसो त उनी केहि समय पहिले उत्कृष्ट कृषकको रुपमा पुरस्कृत पनि भएका हुन् । उनी भन्छन् सरकारले पुरस्कृत गरे पनि यो संकटको समय भारतको तरकारीमा सरकारको आँखा पुग्यो तर आफ्नै माटोमा उत्पादन भएको तकारीमा आँखा पुगेन ।

उनको अनुसार अन्य तरकारी बाली भन्दा टमटरमा धेरै मिहेनत लाग्ने भएकाले प्रत्येक कठ्ठामा २० देखि ३० हजार खर्च लाग्छ । उनले ५ जनालाई रोगारी पनि दिएका छन् । कोपिन्द्रको जस्तै तकारी खेतीमा लकडाउनको समय नविन सिंहको पनि लक लागेको छ ।
उनले १० कठ्ठा जमिनमा तरकारी खेती लगाएका छन् । टमाटर, बन्दा, बेगुन लगायतका तकारी खेती लगाएका छन । राम्रो आम्दानी थियो उनको लकडाउन अगाडि परिवारको घरखर्च राम्रोसँग चलिरहेको थियो ।

लकडाउन पछि उत्पादन भएको तकारी खेतमा नै कुहेर नष्ट हुन लागेको उनले बताए । उनले भने यो संकटको अवस्थामा भारतबाट दैनिक तकारी भित्रिए पनि सरकारले आफ्नै देशमा उत्पादन भएको तकारी खेतीलाई वेवास्था गरेको छ ।

भारतबाट तकारी बिराटनगरको बजारमा उभोग भईरहँदा स्थानिय स्थरमा उत्पादन भएको तकारी बिराटनगर पुग्न नसकेको उनले दुखेसो पोखे । सोहि स्थानको कृषक ४० वर्षिय संजय सिंहको पनि दुखेसो उही छ । ८ वर्षसम्म खाँडीमा नै पसिना बेचेर घर परिवारका लागि खर्च धानेका थिए । विदेशको कमाइले घर खर्च पठाउदा, परिवारलाई फोन गर्दा नै सकिने आफुसँग केहि रकम पनि नजोगनिे भएकाले, विदेशको काम त्यागेर आफ्नै देशमा केहि गर्ने भनेर फर्केको उनले बताए ।

विदेशबाट आएर १५ कठ्ठा देखि तरकारी खेति सुरु गरेका थिए उनले । अहिले उनले अढाई विगाहामा तरकारी खेति मात्रै लगाएका छन् । ५ जनाको परिवारलाई तकारी खेतिबाट नै मन्गय पुग्ने गरेको भए पनि लकडाउनको २६ दिनसम्ममा तरकारी सबै बोटमा नै कुहिएर झर्न थालेको छ । उनको अनुसार एक विगाहामा टमाटर, ४ कठ्ठा जमिनमा काक्रा,, लौका, भन्टा पाच कठ्ठा जमिनमा लगाएका छन् ।

उनी भन्छन् यो समय टमटरको मौसम हो, लकडाउनले गर्दा बजारमा निर्यात गर्न पाएको छैन, दश गाडी जति टमाटर खेतैमा छ । सरकारले स्थानिय तरकारीलाई विराटनगरसँगै अन्य स्थानमा निर्यात गर्न दिए, उपभोक्ताले तोकिएको कुनै पनि रकममा दिन तयार रहेको कटहरी ४ नया बजारमा भेटिएका कृषकहरुको भनाई छ ।

सोहि स्थानका गंगा सिंहको पनि गुनासो सरकारसँगै नै छ । उनले पनि १२ कठ्ठा जमिनमा टमाटर, काँक्रा,लौका, करेला लगाएका छन् ।
कृषि विकास बैंकबाट आठ लाख रुँपैया ऋण लिएर तकारी खेती सुरु गरेको उनलाई लकडाउनको कारण अब बैंकको ऋण कसरी तिर्ने भन्ने पिरलो छ । तस्वीरहरु पुष्पराज थपलिया

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

फोटो फिचर