एकैदिन भेटिए नेपालमा १४ जना कोरोना भाइरस संक्रमित, संक्रमितको संख्या ३० पुग्यो

खबर पूर्वाञ्चल, ५ बैशाख २०७७, शुक्रबार २०:१८

विराटनगर /एकैदिन भेटिए नेपालमा १४ जना कोरोना भाइरस (कोभिड(१९) का संक्रमित थपिएका छन् । उदयपुरमा १२ जना र चितवनमा दुई नेपालीमा कोरोना संक्रमण पुष्टि भएको हो ।

यससँगै नेपालमा कोरोना संक्रमितको संख्या ३० पुगेको छ । उदयपुरको त्रियुगा नगरपालिका–३ भुल्केस्थित मस्जिदमा बसेका १६ जनामध्ये १२ भारतीयमा कोरोना संक्रमण भएको पुष्टि भएको हुँदा चितवन पनि दुई जनामा कोरोना संक्रमण देखिएको छ ।
विराटनगर स्थित कोशी अस्पतालको प्रयोगशालामा गरिएको परीक्षणमा ८ जनामा संक्रमण देखिएकोमा उनीहरुसहित नेगेटिभ देखिएकाको स्वाब पनि काठमाडौंमा परीक्षण गर्दा १२ जनामा कोरोना पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले पुष्टि गरेको छ ।
उदयपुरमा भेटिएकामध्ये १२ जना पुरुष हुन् । स्वास्थ्य मन्त्रालयका अनुसार कोरोना संक्रमित क्रमश ३४, २९, २६, २८, २८, २८, २८, २२, २५, २०, ४० र २९ वर्षीय पुरुष छन् । चितवनको राप्तीमा भेटिएका दुवैजना पुरुष २७ र ६३ वर्षीय छन् । नेपालमा लकडाउन हुनुअघि नै आएर बसेका भनिएका उनीहरुको कोशी अञ्चल अस्पतालको ल्याबमा कोरोना परीक्षण गर्दा आठजनामा ’पोजेटिभ’ देखिएको हो । र्यापिड टेस्ट गरिएका १६ जनाकै शंका लागेर बिहीबार परीक्षण गर्दा १२ मा कोरोना पोजेटिभ देखाएको हो ।

विराटनगरमा गरिएको परीक्षणपछि उनीहरुको स्वाब काठमाडौंस्थित जनस्वास्थ्य प्रयोगशालामा पठाउँदा पनि पोजेटिभ नै आएको हो । कोशीको प्रयोगशालामा ८ जनामा कोरोना देखिएपनि अन्य पनि शंकास्पद देखिएपछि बिहीबार राति थप परीक्षणको लागि उनीहरुसहित थप १० जनाको स्वाबको नमुना काठमाडौं पठाइएको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

तपाईको प्रतिक्रिया

*

खबर पूर्वाञ्चल

खबर पूर्वाञ्चल मिडिया प्रालीद्वारा सञ्चालीत खबर पूर्वाञ्चल डट कम
सञ्चालक तथा प्रवन्धक निर्देशक:
पुष्पराज थपलिया
सम्पर्क नं. ९८५२०२९८२२, ९८०७०६१९९२
Email: pushpa.biratnagar@gmail.com
सम्पादक – डिल्ली पोखरेल, ९८५२०२२३९२
सुचना तथा प्रसारण विभाग दर्ता नं. ०७५७/०७४/७५