विराटनगर / प्रदेश नं. १ मा कोभिड –१९ का सङ्कास्पद विरामीको परीक्षणमा सोमबारसम्ममा ८ सय २१ जनाको रिपोर्ट नेगेटिभ आएको छ ।
थ्रोट स्वाब(पिसिआर) प्रविधिबाट नमूना सङ्कलन गरिएका २ सय ८४ जनाको नमूना मध्ये ४२ महिला सहित २ सय ६६ जनाको रिपोर्ट नेगेटिभ आएको छ भने ¥यापिड डायग्नोष्टिक टेष्ट (आरडिटी)कीटबाट गरिएको रगत परीक्षणमा ७६ महिला सहित ५ सय ५५ जना रिपोर्ट नेगेटिभ गरी जम्मा ८ सय २१ जनाको रिपोर्ट आएको प्रदेश १ को मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को सूचना डेस्क कार्यालयले जनाएको छ ।
थ्रोट स्वाब अन्तर्गत ५० महिला सहित २ सय ८४ जना नमूना सङ्कलन गरिएको मध्ये १८ जनाको रिपोर्ट आउन बाँकी रहेको छ ।
प्रदेशको कोशी अस्पताल विराटनगर र वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा स्वाबको परीक्षण गरिएको छ भने आरडीटीको रगत परीक्षण प्रदेश अन्तर्गतका विभिन्न जिल्लाहरुमा स्थलगत रुपमा गरिएको सूचना डेस्कले जनाएको छ।
प्रदेश सरकारले निर्माण गरेका क्वारेन्टाइन स्थलमा बुधवारसम्म बस्नेमा ६२ महिला सहित ५सय ५ जना रहेका छन् भने २५ जना आफ्नो घर फर्किएका छन् ।
यस्तै होम क्वारेन्टाइनमा ६ सय २७ महिला सहित तीन हजार ७ सय १९ जना वस्नु भएको छ भने आइसोलेसन बेडमा वस्नेको सख्या १० रहेको सूचना डेस्कले जनाएको छ। प्रदेशमा क्वारेन्टाइनमा बस्नेको दिनप्रतिदिन वृद्धि भइरहेको छ ।
तपाईको प्रतिक्रिया