शहर स्वच्छ बनाउने नै असुरक्षित रुपमा काम गर्दै

खबर पूर्वाञ्चल, ३० चैत्र २०७६, आईतवार १८:५४

विराटनगर / पछिल्लोसमयमा कोभिड १९ का कारण सन्त्रास फैलिरहदाँ फोहर ब्यवस्थापनमा खटिएका सरसफाई श्रमिक मजदुर न्यूनतम सुरक्षा बिना काम गर्न बाध्य छन् ।

विहान ६ बजेबाट फोहर संकलन गर्दै शहर सफा बनाउन खटिने सरसफाई श्रमिकप्रति तीन तहकै हेर्ने दृष्टिकोण फोहर सरहनै रहेको उनीहरुको गुनासो छ ।

फोहर ब्यवस्थापनका लागि वेष्ट म्यानेजमेन्ट ग्रुप नेपाल प्रालि, सिन्को टेक्नोलोजी, परिवर्तन समूह र बालाजी बायोमास व्रिकेट इनर्जीसंग संयुक्त रुपमा महानगरपालिका फोहरमैला ब्यवस्थापन परियोजनाले महानगरको १९ वडाको सरसफाई गर्दै आएको छ ।

वेष्ट म्यानेजमेन्टमा सरसफाइका लागि घर घर तथा सडक फोहर उठाउनका लागि २ सय २० जना श्रमिक कार्यरत छन् । कुल ३ सय कर्मचारीसहित विराटनगरको फोहर ब्यवस्थापनको जिम्मेवारी सम्हाल्दै आएको म्यानेजमेन्टले लकडाउनका क्रममा फोहर संकलन कम भएको जनाएको छ । म्यानेजमेन्टका अनुसार फाल्गुन चैतको समय औषत ५० टन फोहर संकलन भइरहेको छ । लकडाउनका समय फोहर सामान्यतया भन्दा कम उत्पादन भएको हो । यससमय ७५ टनसम्म फोहर संकलन हुने गरेको परियोजना प्रमुख देवी आचार्यको भनाइ छ ।

त्यसैगरि, विगत १५ वर्षदेखि घरघर फोहर संकलनमा हिड्दै आएका ३६ वर्षीय श्याम राउत कोरोना भाइरसका कारण फोहरकम भएको बताँउछन् । साताको ६ दिनमै विहान ६ बजेबाट महानगरको विभिन्न वडामा फोहर संकलनका लागि उनी सिटी फुक्दै हिड्छन् । न जाडो न गर्मी फोहर संकलन गर्नु दैनिकी भएको बताएका राउतले लकडाउन र भाइरसको संक्रमणबाट जोगिन सुरक्षित भएर काम गर्ने गरेको दाबी गर्छन् ।

त्यसैगरि उनीसंगै गएको ४ वर्षदेखि फोहर संकलनमा हिड्दै आएका ४४ वर्षीय सुरेश पासवान भने फोहर संकलन गर्दा सर्जिकल ग्लोब्स मात्र पाएको गुनासो गर्छन् ।

फोहरमा काम गर्नुपर्ने तर आफ्नै सरसफाईमा कसैले ध्यान दिन नसकेको दुवैको गुनासो छ । सरसफाईमा कार्यरत श्रमिकले हालसम्म सुरक्षाका लागि आवश्यक सामाग्री समेत नपाएको उनीहरुले दुखेसो गरेकाछन् । कार्यरत संस्थाले दुई जोर ग्लोब्स र परिचय पत्र मात्र उपलब्ध गराएको बताएका श्रमिकहरुले दैनिक फोहर उठाउदै घर सफा बनाउदाँ समेत जोखिम मोल्नु परेको बताँउछन् ।

‘अहिले कतिपय घरमा फोहर लिन न आउनु भन्ने गरेका छन् । उनीहरुले केहीसमयका लागि उत्पादन हुने फोहर घरकै बारीमा ब्यवस्थापन गर्छौ, अहिले तिमीहरु आउनु पर्दैन भन्छन,’ राउत बताँउछन् । ‘शहरलाई सफा र स्वच्छ राख्न साताको ६ दिन फोहर संकलन गर्न घर घर पुग्छौ, तर हामी नै त्रासमा काम गरिरहेका छौ, हामी नै असुरक्षित छौ,’ उनीहरुले बताए ।

त्यसैगरि, परियोजनाका प्रमुख आचार्यले श्रमिकको सुरक्षाका लागि सम्बन्धित निकायले पनि सोच्नुपर्ने बताउँछन् । आचार्यका अनुसार श्रमिकका लागि वेष्ट म्यानेजमेन्टले ग्लोब्स, सेनेटाइजर जस्ता सामाग्री उपलब्ध गराएको दाबी गरे । उनी भन्छन्, ‘श्रमिकलाई मास्क, ग्लोब्स दियो, कतिले लगाउँछन, कतिले असहज हुने भन्दै फाल्छन् । तथापी सुरक्षित रहेर काम गर्न सुझाव दिदैं आएकाछौ।’ फोहरमा धेरै समय जोडिनुपर्ने श्रमिकका लागि पीपीई जस्तै कम मुल्यको लुगा उपलब्ध गराउन आचार्यले विभिन्न निकायसंगै पहल गरिरहेको बताँउछन् ।

अर्कोतर्फ, महानगर फोहरमैला ब्यवस्थापन शाखा प्रमुख हिरा यादवले पाँच वर्षका लागि महानगरको फोहर ब्यवस्थापनको जिम्मा पाएको म्यानेजमेन्टले नै कार्यरत श्रमिक मजदुरलाई सुरक्षिततवरले काम गराउनुपर्ने प्रस्टाउँछन् । ‘२०७३ सालमा दुवैपक्षबीच फोहर संकलन गर्ने सम्झौता भएसंगै म्यानेजमेन्टले श्रमिकलाई पनि सुरक्षासहित काममा पठाउनुपर्छ,’ शाखा प्रमख यादवले भने । तथापी महानगरले सरसफाईमा कार्यरत श्रमिकलाई सुरुमा मास्क भने वितरण गरेको उनको भनाइ छ ।

सिजन अनुसार फोहर संकलन हुने जनाएको म्यानेजमेन्टले तिहार छैठको समयमा ७ सय ५० टनसम्म फोहर हुने गरेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

तपाईको प्रतिक्रिया

*

arniko
pabson Brt

खबर पूर्वाञ्चल

खबर पूर्वाञ्चल मिडिया प्रालीद्वारा सञ्चालीत खबर पूर्वाञ्चल डट कम
सञ्चालक तथा प्रवन्धक निर्देशक:
पुष्पराज थपलिया
सम्पर्क नं. ९८५२०२९८२२, ९८०७०६१९९२
Email: pushpa.biratnagar@gmail.com
सम्पादक – डिल्ली पोखरेल, ९८५२०२२३९२
सुचना तथा प्रसारण विभाग दर्ता नं. ०७५७/०७४/७५