विराटनगर / कारागार कार्यालय मोरङले सर्वोच्च अदालतको एक बर्षे प्रक्रिया अन्तर्गत २७ जना कैदीहरुलाई रिहा गरिएको छ ।
सर्वोच्च अदालतको फौज्दारी कार्यविधि संहिता दफा १५५ प्रावधान अन्तर्गत गत चैत १२ गतेको वैठकवाट निर्णय गरे अनुसार एक महिलासहित २७ कैदी बन्दीहरुलाई रिहा गरिएको कारागार कार्यालय मोरङ विराटनगरका प्रमुख सुभाषकुमार लामिछानेले जानकारी दिए ।
सर्वोच्चको निर्णय अनुसार एक वर्ष कैद सजाय पाएका कैदीहरुलाई उनीहरुको बाँकी अवधिको प्रतिदिनको तीन सय वुझाएर छाडिएको प्रमुख लामिछानेले बताए । यसरी छाडिएका कैदी बन्दीहरुमा बहु विवाहका आठ, सवारी ज्यान सात, लागु औषध सात, बन पैदावर तीन, जवरजस्ती करणी एक र सरकारी छाप किर्ते मुद्दामा एक जनाले कैद सजायहरु भोगिरहेका थिए ।
जिल्ला कारागारमा कोरोना भाइरस(कोभिड–१९) सङ्क्रमण प्रति सर्तकता अपनाउदै कैदीबन्दीहरुलाई सावुन पानीले हातधुने तरिका सिकाउनुका साथै सेनिटाइजर र मास्कको प्रयाप्त व्यवस्था गरिएको छ ।
यसैगरी कैदीहरुको ज्वरो आउँदा स्वास्थ्य जाँच गर्नुका साथै समय समयमा नियमित स्वास्थ्यको चेकजाँच गर्ने गरिएको र स्वास्थ्य सुविधा अन्तर्गत आवश्यक औषधिको नियमितरुपमा उपलव्ध गराइएको छ ।
कैदीहरुले पाउने सिदा वापत रकम नियमित रुपमा प्राप्त गर्नुका साथै स्वच्छ हरियो तरकारीका लागि ग्रामीण क्षेत्रवाट नियमित रुपमा आपूर्ति भइरहेकोले कुनै पनि खाद्य सामाग्रीको अभाव कैदीबन्दीहरुले बेहोर्नु नरहेको प्रमुख छामिछानेले जानकारी दिए । उनले कोभिड–१९ को संङक्रमण प्रति सर्तकता अपनाउदै कारागारमा कैदीबन्दीहरुलाई आवश्यक व्यक्तिलाई मात्र भेटको व्यवस्था गरिएको बताए ।
कारागार मोरङमा ५० महिला र २५० पुरुषको क्षमता रहेकोमा हाल पाँचबच्च सहित ९० महिला र ७९४ पुरुषले कैद साजय भोगिरहेका छन् ।––––
तपाईको प्रतिक्रिया