प्याब्सन विराटनगरले गर्यो ४० क्वीन्टर चामल राहत सहयोग

खबर पूर्वाञ्चल, २९ चैत्र २०७६, शनिबार १७:१८

विराटनगर / विराटनगर प्याब्सनले ४० क्वीन्टर चामल र ४ क्वीन्टर दाल राहत सहयोग उपलब्ध गरेको छ ।

विराटनगर क्षेत्रमा रहेका विपन्न परिवारको सहयोगका लागि राहत स्वरुप विराटनगर महानगरपालीकाका प्रमुख भीम पराजुलीलार्इृ प्याब्सन विराटनगरका अध्यक्ष इन्द्र राईले सो राहत सामाग्री हस्तान्तरण गरे ।

कोराना भारसका कारण मुलुकमा भएको लकडाउनको समयमा धेरै विपन्न परिवार र मजदुर भोकै हुने अवश्था रहेकोले उनीहरुलाई केही सहयोग होस भनेर प्याब्सन विराटनगरले चामल र दाल हस्तान्तरण गरेका अध्यक्ष राईले बताए ।

प्रदेश तथा केन्द्रीय प्याब्सनको रोहवरमा पनि प्याब्सन विराटनगरले राहत वितरण गरिने प्याब्सन विराटनगरका सचिव अर्जुन श्रेष्ठले बताए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

तपाईको प्रतिक्रिया

*

arniko
pabson Brt

खबर पूर्वाञ्चल

खबर पूर्वाञ्चल मिडिया प्रालीद्वारा सञ्चालीत खबर पूर्वाञ्चल डट कम
सञ्चालक तथा प्रवन्धक निर्देशक:
पुष्पराज थपलिया
सम्पर्क नं. ९८५२०२९८२२, ९८०७०६१९९२
Email: pushpa.biratnagar@gmail.com
सम्पादक – डिल्ली पोखरेल, ९८५२०२२३९२
सुचना तथा प्रसारण विभाग दर्ता नं. ०७५७/०७४/७५