झापा / ईलाम माई २ का ४३ बर्षीय कमल श्रेष्ठ र सुर्योदय २ का २८ बर्षीय संदिप राई लागुऔषध ब्राउनसुगरसहित पक्राउ परेका छन् ।
हिजो राती साढे ९ बजे झापा मेचिनगर १० स्थित भित्रि सडकखण्डमा मे ११ प २५८५ नम्बरको मोटरसाईकलमा सवार गरी आएका दुबै जनालाई नियन्त्रणमा लिई चेकजाँच गर्दा उनहिरुको साथबाट ७ ग्राम ब्राउनसुगर फेला पारी बरामद गरिएको जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ ।
पक्राउ परेका दुबै जनालाई ईलाका प्रहरी कार्यालय धुलाबारीमा राखी कानुनी कारबाही भईरहेको झापा प्रहरीले जनाएको छ ।
तपाईको प्रतिक्रिया