RUMPUM
animated ellipse animated ellipse

विराटनगरको भाटभटेनीले ग्राहक नठगेको दावी

KhabarPurwanchal-Logo

खबर पूर्वाञ्चल

२९ चैत्र २०७६, शनिबार १५:५४
3
Shares
विराटनगर / विराटनगरको भाटभटेनी सुपर मार्केटले अंकित मूल्य भन्दा बढीमा खाद्यवस्तु बिक्री नगरेको दावी गरेको छ ।

भारतीय कम्पनी अमुल ब्राण्डको २ सय ग्राम बटर अंकित मूल्यभन्दा २ सय २१ रुपैयाँ बढी लिएर भाटभटेनीले बिक्री गरेको शुक्रबार सार्वजनिक भएको थियो । भाटभटेनीले आफूले ३ सय ७६ रुपैयाँ ३५ रुपैयाँमा कम्पनीबाट किनेको, त्यसमा ४० प्रतिशत अर्थात १ सय ५० रुपैयाँ ५४ पैसा भन्सार कर, २.५ प्रतिशत अर्थात् १३ रुपैयाँ १७ पैसा अन्तशुल्क र १३ प्रतिशत अर्थात् ७० रुपैयाँ २० पैसा मूल्य अभिवृद्धि कर जोडेर ६ सय १० रुपैयाँ २६ पैसा पुग्ने भएपनि आफूहरुले उक्त वस्तु ५ सय ९७ रुपैयाँमा बिक्री गरिरहेको दाबी गरेको भाटभटेनी सुपरमार्केटका प्रबन्धक तथा व्यवस्थापक विनोद भट्टराईले जानकारी दिए । उनका अनुसार कुनै पनि सामानमा ठगी नहुने समेत दावी गरे ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

तपाईको प्रतिक्रिया

*

फोटो फिचर