राहत नदिएको भन्दै स्थानिय जनता आन्दोलित

खबर पूर्वाञ्चल, २९ चैत्र २०७६, शनिबार १५:२५

विराटनगर / राहत नदिएको भन्दै कटहरी गाँउपालिका २ का स्थानिय जनता आन्दोलित बनेका छन् । वडाध्यक्ष किशोर पाण्डेले राहत वितरण गर्ने क्रममा लापर्वाही तरिकाले वितरण गरेको आरोपसहित आज स्थानिय जनता आन्दोलित बनेका हुन् ।

वडाध्यक्ष किशोर पाण्डे

विहिबार राहत लिन बाँकी रहेकाहरुको नामवली लेखाएको भए पनि वडाध्यक्ष पाण्डेले वेवास्ता गरेको स्थिानियबासी कृष्णप्रसाद राववंशीले बताए । राहतको विषयमा छलफल गर्न समय माग्दा पनि अध्यक्ष पाण्डेले मिटिङ छ भनि टालटुल गरेको र स्थानिय जनताको मर्म नबुझेको राजवंशीको आरोप छ । स्थिानिय गाँउ (नाम खुलाउन नचाहेको) का एक युवक स्वास्थ्य चौकीमा करारमा काम गर्दै आइरहेका छन् ।

सरकारले लकडाउनको घोषणा गरेसँगै उनको घरमा चुलो बल्न धौ, धौ परेको र उनको आमाले राहत बुझन जाँदा वडाध्यक्षले जागिर खाइदिने धम्कि समेत दिएको राजवंशीले बताए । सोहि स्थानमा बस्ने ५१ वर्षिया झुमा मेहतर एक क्लिनिकमा काम गर्दै गरेको भए पनि लकडाउनसँगै उनको जागिरमा पनि लक लगेको उनले बताईन् । घरको सारा खर्च पानी आफैले बेहोर्नु पर्ने भएकाले केहि समयदेखि उनको घरमा चुलो बल्न धो, धो परेको बताइन् । सबैले हुने खानेले राहत बुझिसके आफु भने कहिले वडाध्यक्ष राहत लिएर आउलान भन्दा भन्दै दिन वितिसक्यो उनले भनिन् ।

कटहरी २ मा नै बस्ने ५० वर्षिया द्रोहपति राजवंशीको श्रीमान मसाला उद्योगमा काम गर्छन् । उनको ४ जनाको परिवार छ । तर लकडाउन पछि श्रीमानको कमाई छैन, घर खर्च कसरी चलाउने भन्ने चिन्ता रहेको उनले सुनाईन् । उनले भनिन वडाबाट राहत दिने भनेको चाहीं सुनेको हो अहिलेसम्म वडाध्यक्षले राहत लिएर आएका छैनन् ।

वडाध्यक्ष पाण्डेका अनुसार सो वडाका ९ सय ९२ घरधुरीलाई राहत वितरण गरिसकेका छन् । जनताले आफ्नो खुशीले ५६ घरधुरीको नामावली टिपेर ल्याएर घर घेराउ गरे पश्चात वडाकार्यलयमा मिटिङ बसेर जनताले भने अनुसार पनि राहत वितरण गरेको उनको भनाई छ । उनले भने हामीले आजसम्म गलत माछेलाई राहत वितरण गरेका छैनौ । जनप्रतिनिधिलाई अप्ठयारो स्थितिमा पार्ने जनताले नै गरेको वडाअधयक्ष पाण्डेको आरोप छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

तपाईको प्रतिक्रिया

*

KVM

खबर पूर्वाञ्चल

खबर पूर्वाञ्चल मिडिया प्रालीद्वारा सञ्चालीत खबर पूर्वाञ्चल डट कम
सञ्चालक तथा प्रवन्धक निर्देशक:
पुष्पराज थपलिया
सम्पर्क नं. ९८५२०२९८२२, ९८०७०६१९९२
Email: pushpa.biratnagar@gmail.com
सम्पादक – डिल्ली पोखरेल, ९८५२०२२३९२
सुचना तथा प्रसारण विभाग दर्ता नं. ०७५७/०७४/७५