विराटनगर / भाटभटेनी सुपर मार्केट विराटनगरले प्रदेश सरकारलाई कोभिड–१९ को रोकथाम र राहतका लागि २५ लाख रुपैयाँ दिएको छ ।
विराटनगरको भाटभटेनीकी प्रबन्धक सरिता राईले प्रदेश १ का मुख्यमन्त्री शेरधन राईलाई आज २५ लाखको चेक हस्तान्तरण गरिन् ।
मुख्यमन्त्री राईले चेकमा उल्लेखित रकम ‘प्रदेश १ कोरोना जनसुरक्षा कोष’–मा जम्मा गरिने बताए । उनले कोषमा हालसम्म ११ करोडभन्दा बढी जम्मा भइसकेको जानकारी समेत दिए ।
मुख्यमन्त्री राईले अत्याधुनक सोपिङ कल्चरको विकासका लागि नेपालमा भाटभटेनीले ठूलो भूमिका खेलेको उल्लेख गर्दै कोरोना त्रासका बेला सोसियल डिस्टेन्सिङको पालना गरेर तथा मास्क र सेनिटाइजरको प्रयोग गरेर मात्र स्टोरमा ग्राहकलाई पसाउन आग्रह गरे ।
प्रबन्धक राईका अनुसार भाटभटेनीले केन्द्रीय सरकारको कोषमा १ करोड उपलब्ध गराएको छ । साथै सातै वटा प्रदेश सरकारलाई २५–२५ लाख प्रदान गर्ने निर्णय छ । सोही निर्णयअनुसार प्रदेश १ मा २५ लाखको चेक हस्तान्तरण गरिएको हो ।
तपाईको प्रतिक्रिया