काठमाण्डौ /प्रधानमन्त्री केपी शर्मा ओलीले आगामी दुई साता थप चुनौतीपूर्ण हुनसक्ने बताएका छन् ।
कोभिड–१९ भाइरसको महामारीविरुद्ध जुधिरहेको सरकारकोतर्फबाट प्रधानमन्त्री ओलीले राष्ट्रका नाममा सम्बोधन सम्बोधन गर्दै यो अवधिमा थप संक्रमित देखिने मात्र होइन, समुदायमा संक्रमण फैलिने जोखिम रहेको बताएका हुन् ।
कोरोनाको संक्रमण फैलिन नदिन सरकारले काम गरिरहेको र केही दिनमै नयाँ ट्रेसिङ एप सुरु गर्ने तयारी भइरहेको प्रधानमन्त्री ओलीले बताए । सम्बोधनका क्रममा कोरोना रोकथाम, नियन्त्रण र उपचारसहितको तीन सूत्रीय फर्मुलासहित सरकार अभियानमा होमिएको उनले बताए । महामारीको संक्रमण फैलिन नदिन सरकारले सारा प्रयास गरिरहेको प्रधानमन्त्री ओलीले बताए।
तपाईको प्रतिक्रिया