RUMPUM
animated ellipse animated ellipse

उद्योगीले दिए विपन्न वर्गलाई राहत सामाग्री

KhabarPurwanchal-Logo

खबर पूर्वाञ्चल

२३ चैत्र २०७६, आईतवार १९:५०
3
Shares
विराटनगर / विश्वव्यापी माहामारीको रुपमा फैलिरहेको कोरोना भाइरसको बढ्दो प्रकोप र तिव्रतर संक्रमणको जोखिमबाट बच्न अवलम्बन गरिएको लक डाउनमा विपन्न वर्गलाई उद्योग संगठन मोरङ र मोरङ व्यापार संघले खाद्य सामाग्री सहयोग प्रदान गरेको छ ।

दैनिक श्रम गरी परिवार पाल्ने वर्गलाई पर्न गएको अप्ठयोरो र वर्तमान असहज अवस्थामा सक्दो सहयोग पु¥याउनु नीजि क्ष्ँेत्रका दायित्व एवं कर्तव्य भएको कुरालाई आत्मासात गर्दै दुवै संस्थाले २४ लाख वरावरको २ हजार १ सय प्याकेट खाद्य सामाग्रीे प्रदेश १ कोरोना जनसुरक्षा कोषलाई हस्तान्तरण गरेको छ । १ हजार ३ सय प्याकेट प्रदेश सरकार मार्फत ३ सय ५० प्याकेट विराटनगर महानगरपालिका, २ सय प्योकेट दुहवी नगरपालिका, १ सय २५ प्याकेट वुढीगंगा गाउपालिका र १ सय २५ प्याकेट कटहरी गाउँपालिका मार्फत उपलब्ध गराइने हो ।

उद्योग संगठन मोरङका अध्यक्ष भीम घिमिरे, मोरङ व्यापार संघका अध्यक्ष प्रकाश मुन्दडा, दुवै संस्थाका पदाधिकारीहरुको उपस्थिीतिमा प्रदेश १ का मुख्य मन्त्री शेरधन राईलाई मुख्य मन्त्री तथा मन्त्रिपरिषदको कार्यालयमा हस्तान्तरण गरिएको छ भने विराटनगर महानगरपालिकाका प्रमुख भीम पराजुलीलाई पनि आजै विराटनगर महानगरपालिकाको कार्यालयमा हस्तान्तरण गरिएको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

तपाईको प्रतिक्रिया

*

फोटो फिचर