कोरोना भाइरसको संक्रमणको जोखिम बढेसँगै बाल सुधारगृहबाट छुटे २३ बालबालिका

खबर पूर्वाञ्चल, २२ चैत्र २०७६, शनिबार १९:३८

विराटनगर / विराटनगर– ३ मा रहेको विभिन्न अपराधमा संलग्न रहेर आरोपमा बाल सुधार गृह राखिएका २३ जना बालबालिकालाई छाडिएको छ ।

कोरोना भाइरसको संक्रमणको जोखिम बढेसँगै अत्यधि चाप रहेको बाल सुधारगृहबाट कम सजाय भएकालाई अदालतको अनुमतिले छाड्ने प्रक्रिया थालेको हो ।

यही प्रक्रिया अन्तर्गत आजसम्म अदालतको अनुमतिले २३ जना बालबालिका छुटेको बाल सुधार गृह विराटनगरका प्रमुख मिलन चौहानले जानकारी दिए । उनका अनुसार मोरङबाट सबैभन्दा धेरै १४ बालबालिका छुटेका छन् । मोरङपछि सुनसरीबाट ५ जना बालबालिका र भापाबाट चार जना बालबालिका छुटेका हुन् । विभिन्न अपराधमा संलग्न रहेर अदालतको आदेशपछि पूर्पक्षका लागि बाल सुधार गृहमा रहेका सबैभन्दा धेरै रिहा भएको चौहानको भनाइ छ । रिहा भएका बालबालिकालाई अभिभावकलाइ जिम्मा लगाएर घर पठाइएको उनले बताए ।

विराटनगरमा रहेमा बाल सुधारगृहमा प्रदेश १ का १४ जिल्लाका विभिन्न अपराधमा संलग्न रहेका बालबालिका रहेका थिए । २३ जना छुटेपछि अहिले एक सय ४२ जना बालबालिका गृहमा छन् ।

महान्यायाधीवक्ता कार्यालयले कारागारमा कोरोना संक्रमणको जोखिमलाइ मध्यनजर गर्दै चैत ६ गते एक वर्षसम्म कैद सजाय पाएका कैदीलाई रिहा गर्ने निर्णय गरेको थियो। विश्वव्यापी रुपमा फैलिएको कारोना भाइरस संक्रमणको जोखिमलाई नियन्त्रण गर्ने उद्धेश्यले अहिले कैदी बन्दी रिहा हुँदै आएका थिए ।

विराटनगर ३ स्थिति बाल सुधारगृहमा अहिले क्षमताभन्दा तेब्बर बालबिज्याइँ गरेका बालक राखेको पाइएको छ । ५० जनाको क्षमता भएको सुधारगृहमा अहिले एक सय ४२ जना बालबालिका छन् । क्षमताभन्दा धेरै कैदीबन्दी हुँदा १० देखि १८ वर्ष उमेर समूहका उनीहरूलाई बस्न र सुत्न समस्या छ । यस्तै, सुधारगृहभित्र रहेको विद्यालयको अवस्था पनि एकदमै दयनीय रहेको छ । उक्त सुधारगृहबाट पटक–पटक गरी हालसम्म सातजना बालक भागिसकेका छन् । भागेकामध्ये हालसम्म तीनजना मात्र फेला परेका छन् ।

बालबालिका ऐन–२०४८ अनुसार नौ वर्षसम्मका बालकलाई अपराधको दायित्व लाग्दैन । १० देखि १४ वर्षसम्मका बालकलाई न्यूनतम र १४ देखि १८ वर्षसम्मका लागि आंशिक दायित्व लाग्छ । यसैले सरकारले बिज्याइँ गर्ने बालबालिकालाई अलग्गै राख्न भक्तपुर, कास्की र विराटनगरमा बाल सुधारगृह सञ्चालनमा ल्याएको छ । सबै बाल सुधारगृहको नियमन र सञ्चालन केन्द्रीय बालकल्याण समितिले गर्छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

तपाईको प्रतिक्रिया

*

KVM

खबर पूर्वाञ्चल

खबर पूर्वाञ्चल मिडिया प्रालीद्वारा सञ्चालीत खबर पूर्वाञ्चल डट कम
सञ्चालक तथा प्रवन्धक निर्देशक:
पुष्पराज थपलिया
सम्पर्क नं. ९८५२०२९८२२, ९८०७०६१९९२
Email: pushpa.biratnagar@gmail.com
सम्पादक – डिल्ली पोखरेल, ९८५२०२२३९२
सुचना तथा प्रसारण विभाग दर्ता नं. ०७५७/०७४/७५