RUMPUM
animated ellipse animated ellipse

लकडाउनकामा भोकमरीको सङक्रमणलाई निरुत्साहि पार्न नेकपाको खाद्यान्न वितरण

KhabarPurwanchal-Logo

पूर्वाञ्चल खबर

१६ चैत्र २०७६, आईतवार ११:३९
3
Shares

विराटनगर / लकडाउनका कारण भोकमरीको सङक्रमणलाई निरुत्साहि पार्न विराटनगरका अति विपन्न वर्गका ८० वटा घरपरिवारलाई नेकपा विराटनगर महानगर वडा नं. ८ कमिटीले खाद्यान्न वितरण गरेको छ ।

आज विराटनगर ८ स्थित सुकुम्बासी टोलमा बसोबास गर्दै आएका सुकुम्बासीमा रहेका ८० वटा घरपरिवारलाई खाद्यान्न वितरण गरेको हो ।

दैनिक ज्यालादारीमा काम गरेर घरपरिवार चलाउँदै आएका उनीहरुलाई ५ केजी चामल, १ केजी दाल, १ केजी नुन र एउटा हात धुने साबुनलगायतका खाद्यान्न सामाग्रीहरु वितरण गरिएको नेकपा विराटनगर महानगर कमिटी वडा नं. ८ का अध्यक्ष राम पोखरेलले बताए ।

कमिटीले आजै विराटनगर–८ स्थित बलुवाही चौक र विश्वकर्मा चौक लगायतका क्षेत्रमा पनि दैनिक मजदुरी गरेर घरपरिवार चलाउने १ सय २० घरपरिवारलाई खाद्यान्न वितरण गर्ने योजना रहेको जनाएको छ ।

खाद्यान्न वितरणमा भने अनेरास्ववियु केन्द्रीय सदस्य ताजिम अन्सारी, निलम ढुङगेल, राजन भण्डारी र वडा सह–ईन्चार्ज सरस्वती ओझा लगायतले सहजीकरण गरेका थिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

फोटो फिचर