विराटनगर / लकडाउनको कारणले भएको खाद्यान्न अभाव न्युनीकरण गर्न विराटनगर महानगरपालिकाले राहत कोषको स्थापना गरेको छ ।
महागरपालिकाले नगरक्षेत्रभित्रका अति विपन्न, गरिब तथा सुकुम्बासी परिवारहरुमा पर्न गएको खाद्यान्न अभाव न्यूनीकरण तथा व्यवस्थापन गर्न कोषको स्थापना गरेको हो ।
नगरक्षेत्रमा पर्न सक्ने संकटको व्यस्थापन गर्न उक्त राहत कोष स्थापना गरिएको विराटनगर महानगरका मेयर भीम पराजुलले जानकारी दिए । साथै उनले उक्त कोषमा सहयोगीले रकम जम्मा गरिदिन पनि आग्रह गरेका छन् । महानगरले कृषि विकास बैंकमा स्थापना गरिएको राहत कोषको खाता नम्बर ०६०१६० ११४५ ९७३०४० सार्वजनिक गर्दै ईच्छुक दाताहरुलाई सहयोगका लागी आह्वान गरेको छ ।
दैनिक उपभोग्य सामाग्री तथा सहयोग उपलब्ध गराउन चाहने दाताहरुले महानगरको फोकल पर्शन राजेन्द्र प्रधानलाई फोन नम्बर ९८४२०३००११ मार्फत सम्पर्क गर्न सकिने जनाईएको छ ।
तपाईको प्रतिक्रिया