AArya
RUMPUM
animated ellipse animated ellipse

सभापति देउवाद्वारा विशेष राहत प्याकेज घोषणा गर्न आग्रह

KhabarPurwanchal-Logo

पूर्वाञ्चल खबर

१३ चैत्र २०७६, बिहीबार १८:२६
3
Shares
फाइल तस्वीर

काठमाण्डौ / नेपाली काँग्रेसका सभापति शेरबहादुर देउवाले विश्वभरि फैलिएको कोरोना भाइरसबाट सुरक्षित हुन लकडाउन उत्तम विकल्प भए पनि यसबाट प्रभावित न्यून आय भएका व्यक्तिका लागि तत्काल राहत प्याकेज घोषणा गर्न आग्रह गरेका छन् ।

उनले दैनिक ज्यालादारीमा निर्भर रहेका र न्यून आय भएका व्यक्तिका लागि तत्काल विशेष राहत प्याकेज घोषणा गर्न सरकारसँग आज अनुरोध गरेका हुन् ।

सभापति देउवाले लकडाउनमा सरकारले दैनिक ज्यालादारी र न्यून आय भएकाको दैनिक गुजारा चलाउने प्रबन्ध पनि गर्न आवश्यक रहेको बताउँदै कोरोना भाइरसबाट सुरक्षित हुँदाहुँदै कोही पनि भोकमरीको शिकार बन्न नपरोस् भनी उल्लेख गरे ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

फोटो फिचर