भरतपु्रको आइसोलेसनमा राखिएका एक युवकको मृत्यु, कोरोना पुष्टि हुन बाँकी

खबर पूर्वाञ्चल, ११ चैत्र २०७६, मंगलवार १२:२१

चितवन / भरतपुरस्थित कोरोना विषेश अस्पतालको आइसोलेसनमा राखिएका एक युवकको मृत्यु भएको छ । उनको आज आज विहान ७ बजे उपचारका क्रममा मृत्यु भएको अस्पतालले जनाएको छ ।

ती युवकको मृत्युबारेमा अस्पतालले आधिकारिकरुपमा अहिलेसम्म केही बोलेको छैन । उच्च ज्वरो र रुघाखोकीले ग्रसित वीरगञ्जका ३० बर्षका युवकको मृत्यु भएको हो । उनको शव अस्पतालमै राखिएको छ । उनलाई चितवन मेडिकल कलेजबाट रिफर गरेर केही दिनअघि कोरोना विशेष अस्पतालमा पठाइएको थियो ।उनी उच्च ज्वरो र रुघाखोकीले ग्रसित थिए । यद्यपि, उनलाई कोरोना संक्रमण भएनभएको रिपोर्ट आउन बाँकी रहेको छ ।

उनको कोरोना संक्रमण या अन्य कारणले मृत्यु भएको पुष्टि हुन सकेको छैन। उनलाई कोरोना भएको आशंकामा आइसोलेसनमा राखिएको थियो । तर कोरोना संक्रमण भएन–भएको रिपोर्ट आउन बाँकी छ । उनको स्वाबको नमुना सोमबार नै संकलन गरिएको र मंगलबार विहान विमानबाट मात्र पठाइएको अस्पताल स्रोतले जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

तपाईको प्रतिक्रिया

*

KVM

खबर पूर्वाञ्चल

खबर पूर्वाञ्चल मिडिया प्रालीद्वारा सञ्चालीत खबर पूर्वाञ्चल डट कम
सञ्चालक तथा प्रवन्धक निर्देशक:
पुष्पराज थपलिया
सम्पर्क नं. ९८५२०२९८२२, ९८०७०६१९९२
Email: pushpa.biratnagar@gmail.com
सम्पादक – डिल्ली पोखरेल, ९८५२०२२३९२
सुचना तथा प्रसारण विभाग दर्ता नं. ०७५७/०७४/७५