पूर्वाञ्चल खबर
विराटनगर / विश्वभर महामारीको रुपमा फैलिएको कोरोना भाइरस संक्रमण फैलन नदिन नेपाल सरकारले आजदेखि देशैभर एक साता लक डाउन गर्ने निर्णय गरे लगत्तै छिमेकी मुलुक भारतले जोगबनी नाकासहित अररिया जिल्लाका सबै सीमा बन्द गर्ने निर्णय गरेको छ ।

बिहारका मुख्य सचिवको निर्णय अनुसार सोमवारबाट चैत १८ सम्मका लागि सीमा बन्द गर्ने निर्णय गरेको हो । सो निर्णय अनुसार परिपत्र समेत भइसक्यो ।सोमबार कोरोना भाइरस संक्रमणको नयाँ केस फेला परेपछि सरकारले मंगलबार विहान ६ बजेबाट एक साताका लागि लक डाउनको निर्णय गरेको बिहारले जनाएको छ ।