विराटनगर / विराटनगरका उद्योगी राजेन्द्र राउतले प्रदेश सरकारको कोरोना सहयोग कोषमा नगद ११ लाख रुपैयाँ सहयोग गरेका छन् ।
नेपाल उद्योग वाणिज्य महासंघ प्रदेश १ का वरिष्ठ उपाध्यक्षसमेत रहेका राउतले आज प्रदेश सरकारको कोषमा नगद ११ लाख सहयोग गरेका हुन् ।
प्रदेश सरकारले सम्भावित जोखिमबाट बच्न आफ्नै कोष बनाएको छ । विश्वभर महामारीको रुपमा फैलिएको कोरोना भाइरस संक्रमण नियन्त्रणका लागि आफ्नो व्यक्तिगत तर्फबाट सहयोग गर्न लागेको उद्योगी राउतले बताए । यो संकटको बेला भइपरि अवस्थामा सरकारलाई मद्दत मिलोस् भनेर सहयोग गरेको उद्योगी राउतले बताए ।
विराटनगरमा सामाजिक सहयोगमा अग्रसर हुने उद्योगीको रूपमा समेत परिचित रहेका राउतले नेपाल उद्योग वाणिज्य संघ प्रदेश १ मा आबद्ध विभिन्न ३६ नगर जिल्ला उद्योग वाणिज्य संघमध्ये २३ वटालाई पाँच सय थान मास्क र पाँच लिटर सेनिटाइजरसमेत सहयोग गरेका छन् ।
तपाईको प्रतिक्रिया