विराटनगरमा लाग्दै आएको हाटबजार बन्द गरेपनि सुपर मार्केटहरु भने खुल्ला

खबर पूर्वाञ्चल, ८ चैत्र २०७६, शनिबार १९:५६

विराटनगर / कोरोनाको रोकथाम र नियन्त्रणका लागि भन्दै विराटनगर महानगरपालीकाले महानगर क्षेत्रमा लाग्दै आएको साप्ताहिक हाटबजार आजबाट हटाउने निर्णय गरेको छ ।

विराटनगर महानगरपालिका भवनसँगै जोडिएको सडकमा दशकौंदेखि लाग्दै आएको साप्ताहिक हाटबजार बिहान लगाउने तयारी भएपनि महानगरको आग्रह पछि उठेको छ ।

विराटनगर महानगरपालिकाले हाटबजार बन्द गरेपछि यहाँका सुपर मार्केटहरु भने खुला छन् । विराटनगरमा रहेको भाटभटेनी सुपरमार्केट त्यसैगरी सेन्ट्रल मललगायतका स्थानहरुमा अझै पनि आम सर्वसाधरणको भीड उतिकै मात्रामा देख्न सकिन्छ ।

२५ जना भन्दा बढी मानिस भीड नगर्नु भनेसँगै यताका सपिङ मलमा भने आज पनि उपभोक्ताहरुको ठूलो घुँइचो लागेको थियो । हजारौं उपभोक्ताहरु सुपर मार्केटमा जम्मा हुँदा पनि त्यहाँ सुरक्षाको कुनै उपयुक्त विधि अपनाइएको छैन । न त ज्वरो परीक्षण गर्ने थर्मोगनको प्रवन्ध गरिएको न त हात धुने र स्यानिटाइजरको प्रयोग गरिएको छ । खुल्ला बजारहरुमा कडाई गरेपनि महानगरले यहाँका सुपरमार्केटको सुरक्षामा कुनै ध्यान दिएको छैन ।

कोरोना संक्रमणप्रति सरकार संवेदनशील भएको र आइतबारदेखि सबै सार्वजनिक सवारी साधनसमेत बन्द गर्ने घोषणा गरेपछि बल्ल विराटनगर महानगरपालिकाले निजी अस्पताल र अन्य पक्षसंग छलफलमा जुटेको छ ।

यसैगरी हरेक शनिबार विराटनगरको बुधहाट चोकमा लाग्ने लत्ताकपडाको बजार पनि उठाइएको छ । बिहानैबाट लत्ताकपडाको सस्तो बजारमा भिड लागेपछि महानगरले बजार बन्द गर्न भनेको थियो । महानगरको आग्रह अनुसार खुद्रा व्यापारीहरुले पसल बन्द गरेका छन् । उनीहरु बिहान १० बजेट आफ्ना सामान पोका पारेर घर फर्किएका थिए ।

महानगरपालिकामा आज बसेको सर्वपक्षीय बसेको बैठकमा साप्तहिकरुपमा लाग्ने हाटबजार बन्द गर्ने निर्णय गरिएको विराटनगर महानगरपालिकाका प्रमुख भीम पराजुलीले जानकारी दिए । कोरोना भाईरसको संक्रमणको जोखिम न्युनिकरण गर्ने उद्देश्यले साप्ताहिक हाटबजार तत्कालका लागी केही दिनका लागी बन्द गर्ने निर्णय गरिएको मेयर पराजुलीलले बताए ।
कोरोना भाइरसका कारण सरकारले २५ जना भन्दा बढी मानिस भीडभाड नगर्नु भन्दै आएको छ । महानगरपालीका छेउमा साप्ताहिक रुपमा शनिबार लाग्दै आएको हाट आज नगर प्रहरी खटाई व्यापार गर्न आएका व्यापारीलाई हटाएको थियो । अचानक महानगरपालीकाले निर्णय गरेका प्रति व्यापारीलाई असन्तुष्ट जनाएका थिए । आफूहरुलाई थाहा नै नदिई आज एकै चोटी हटाउदा बेच्न ल्याएका तरकारी खेर जाने व्यापारीहरुको गुनासो रहेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रियाहरु

  1. महमद अफराेज लेख्नुहुन्छ

    सानातिना बजार बन्द भएपछि गरिब र निमन परिवारका मानिहरूमा असहज भएको र काेराेना भाइरसकाे कारणले बसतुमा विशेष छुट दिएर मलहरु सहयोग गरिदिनु वा कालाेबजार राेक थाम गरिदिनु सरकारवाला हरूलाई अनुराेध छन्

तपाईको प्रतिक्रिया

*

KVM

खबर पूर्वाञ्चल

खबर पूर्वाञ्चल मिडिया प्रालीद्वारा सञ्चालीत खबर पूर्वाञ्चल डट कम
सञ्चालक तथा प्रवन्धक निर्देशक:
पुष्पराज थपलिया
सम्पर्क नं. ९८५२०२९८२२, ९८०७०६१९९२
Email: pushpa.biratnagar@gmail.com
सम्पादक – डिल्ली पोखरेल, ९८५२०२२३९२
सुचना तथा प्रसारण विभाग दर्ता नं. ०७५७/०७४/७५