एम्बुलेन्सको ठक्करबाट २ जनाको मृत्यु

खबर पूर्वाञ्चल, ८ चैत्र २०७६, शनिबार १९:०६

उदयपुर / उदयपुर त्रियुगा ९ झिल्के चोकमा एम्बुलेन्सको ठक्करबाट दुई जनाको मृत्यु भएको छ ।

मृत्यु हुनेमा झिल्के चोकका ६२ बर्षीय तिलक दनुवार र सोही स्थानका १४ बर्षीय रोशन दनुवार रहेका छन् । बाटो छेउमा बसिरहेका दुबैजनालाई चुहाडेबाट गाईघाटतर्फ आउदै गरेको स १ झ ४७७ नम्बरको एम्बुलेन्सले ठक्कर दिँदा गम्भिर घाईते भएकोमा तिलकको उपचारको क्रममा जिल्ला अस्पताल उदयपुरमा र रोशनको न्युरो अस्पताल विराटनगरमा आज मृत्यु भएको जिल्ला प्रहरी कार्यालय उदयपुरले जनाएको छ ।

यसैगरी उनीहरुसगै बसेका ३२ बर्षीय राजकुमार दनुवारलाई समेत सोही एम्बुलेन्सले ठक्कर दिँदा गम्भिर घाईते भएकोमा उनको न्युरो अस्पताल बिराटनगरमा उपचार भईरहेको छ । ठक्कर दिने एम्बुलेन्स र एम्बुलेन्स चालक सन्तोष खत्री नियन्त्रणमा रहेको उदयपुर प्रहरीले जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

तपाईको प्रतिक्रिया

*

arniko
pabson Brt

खबर पूर्वाञ्चल

खबर पूर्वाञ्चल मिडिया प्रालीद्वारा सञ्चालीत खबर पूर्वाञ्चल डट कम
सञ्चालक तथा प्रवन्धक निर्देशक:
पुष्पराज थपलिया
सम्पर्क नं. ९८५२०२९८२२, ९८०७०६१९९२
Email: pushpa.biratnagar@gmail.com
सम्पादक – डिल्ली पोखरेल, ९८५२०२२३९२
सुचना तथा प्रसारण विभाग दर्ता नं. ०७५७/०७४/७५