पूर्वाञ्चल खबर
विराटनगर / नेपाल औषधि व्यवसायी संघ मोरङले कोरोना भाइसर( कोभिड १९) को संक्रमणबाट जोगिन अपनाउनु पर्ने सावधानी सम्बन्धी सचेतना फैलाउँदै दोस्रो पटक विराटनगर माक्स वितरण गरेको छ ।
संघले विराटनगरको तीनपैनी चौकमा सर्वसाधारणलाई भाइरसबाट जोगिन मास्क लगाउने गर्नुपर्छ भन्ने सचेतना जगाउँदै एक हजार थान मास्क शुक्रबार वितरण गरेको हो ।
यसअघि पनि गत बुधवार १ हजार थान माक्स वितरण गरेको नेपाल औषधी व्यवसायी संघ मोरङका उपाध्यक्ष देशबन्धु ढकालले जानकारी दिए । संघले भाइरसको संक्रमण सबैभन्दा बढी हातमा हुने भन्दै सर्वसाधारणलाई हातलाई भाइरसबाट मुक्त राख्न सेनिटाइजर लगाउनुपर्ने सूचनासहति सेनिटाइजर लगाइदिएको थियो । सो अवसरमा कोरोना भाइरसबाट जोगिन अपनाउनुपर्ने तरिका र संक्रमण भएमा जोगिने उपायबारे पर्चासमेत वितरण गरिएको थियो ।