विराटनगर / प्रदेश १ सरकारले विश्वभरी फैलिएको कारोना भाइरसको संक्रमण देखिएको विरामीलाई राख्ने ५० बेडको आइसुलेनसहितको अस्पताल बनाउने निर्णाय गरेको छ ।
प्रदेशका मुख्यमन्त्री शेरधन राईको अध्यक्षतामा मुख्यमन्त्री तथा मन्त्रीपरिषदको कार्यालयमा आज बसेको बैठकले एक साता भित्रमा ५० शैयाँको अस्पताल बनाउने निर्णाय गरेको हो ।
न्युनतम दश बेडको भेन्टीलेटरसहित ५० शैयाको अस्पताल विराटनगरस्थित पूर्व नेशनल ट्रेडिङ लिमिटेडको भवनमा अस्पताल बन्ने सामाजिक विकास मन्त्री जीवन घिमिरे जानकारी दिए । आज प्रदेशको आन्तरिक मामिला तथा कानुन मन्त्री हिक्मत कार्की, सामाजिक विकास मन्त्री घिमिरे, कोशी अस्पतालको मेसु डा. संगीता मिश्रा, फिजिसियन डा. दिपक सिग्देलसहितको टोलीले अस्पताल बनाउने भवनको स्थलगत निरीक्षण गरिएको छ । सामाजिक विकास मन्त्रालय र भौतिक पूर्वाधार विकास मन्त्रालयले समन्वय गरी एक हप्ता भित्र अस्पताल बनाउने तयारीको साथ शनिबारदेखि काम सुरू हुने मन्त्री घिमिरले जानकारी दिए ।
नेशनल टे«डिङको भवनलाई अस्पताल बनाउने निर्णाय भएपछि शनिबारदेखि सरसफाइ र तयारीको काम नेपाली सेना, नेपाल प्रहरी र सशस्त्र प्रहरीले गर्ने भएको छ ।
कोरानाको परिक्षणको लागि विराटनगरस्थित कोशी अस्पताल र विपि कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानको मेडिकल प्रयोगशालालाई आवश्यक स्तरोन्नती गरी प्रयोग गरिने भएको छ ।
तपाईको प्रतिक्रिया