AArya
RUMPUM
animated ellipse animated ellipse

ब्राउन सुगरसहित दुई पक्राउ

KhabarPurwanchal-Logo

खबर पूर्वाञ्चल

५ चैत्र २०७६, बुधबार १९:४४
3
Shares
विराटनगर / अवैध लागूऔषध ब्राउन सुगरसहित दुई जनालाई प्रहरीले पक्राउ गरेको छ ।

मोरङ प्रहरीबाट खटिएको प्रहरीले मोरङको कटहरी गाउँपालिका – ४ बस्ने ३५ वर्षिय किरण साह र सोही ठाउँमा बस्ने ३२ वर्षिय सजिर सेखलाई लागूऔषधसहित पक्राउ गरेको हो ।

किरण साहको घरमा लागू औषध विक्रि वितरण भइरहेको विशेष सूचान पाएपछि प्रहरीले छापा मारी उनीहरुलाई पक्राउ गरेको हो । पक्राउ परेकाहरूको साथबाट प्रहरीले प्लाष्टिकको झोलामा लागू औषध ३ सय १० ग्राम गाजा बरामद गरेको मोरङ प्रहरीले जनाएको छ । पक्राउ परेका निज सजिर सेखको जिउँ शरीर तलासी लिँदा १ सय ६० मिलीग्राम ब्राउन सुगरसहित बरामद गरेको छ । पक्राउ परेका दुवै जनालाई म्यात थप गरि अनुसन्धान गर्दै आएको मोरङ प्रहरीले जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

फोटो फिचर