ट्याक्टरले किचेर कामदारको मृत्यु

खबर पूर्वाञ्चल, ४ चैत्र २०७६, मंगलवार १९:०७

झापा । झापा हल्दिबारी १ बस्ने १६ बर्षीय बिनोद लिङ्देनको ट्याक्टरले किचेर कामदारको मृत्यु भएको छ ।

आज दिउँसो पौने ३ बजे विर्तामोड १० शिवालय साईरन चोक स्थित भित्री सडकखण्डमा गोलधापबाट विर्तामोडतर्फ आउदै गरेको प्र-१-०१-००१ त ८२९९ नम्बरको ईट्टा बोकेको ट्याक्टरमा सवार रहेका कामदार बिनोद एक्कासी

ट्याक्टरबाट लड्दा सोही ट्याक्टरले किची गम्भिर घाईते भएकोमा उनको उपचारको क्रममा अपरान्ह पौने ५ बजे मृत्यु भएको ईलाका प्रहरी कार्यालय अनारमनीले जनाएको छ ।

ट्याक्टर र चालक झापा हल्दिबारी ३ का दिपक लिम्वु नियन्त्रणमा रहेको झापा प्रहरीले जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

तपाईको प्रतिक्रिया

*

KVM

खबर पूर्वाञ्चल

खबर पूर्वाञ्चल मिडिया प्रालीद्वारा सञ्चालीत खबर पूर्वाञ्चल डट कम
सञ्चालक तथा प्रवन्धक निर्देशक:
पुष्पराज थपलिया
सम्पर्क नं. ९८५२०२९८२२, ९८०७०६१९९२
Email: pushpa.biratnagar@gmail.com
सम्पादक – डिल्ली पोखरेल, ९८५२०२२३९२
सुचना तथा प्रसारण विभाग दर्ता नं. ०७५७/०७४/७५