नेपाल औषधी व्यवसायी संघ मोरङले पूर्णता पायो , सदस्यमा गणेश थापा मनोनित

खबर पूर्वाञ्चल, ३ चैत्र २०७६, सोमबार २२:१४

विराटनगर / नेपाल औषधी व्यवसायी संघ मोरङको आज बसेको बैठकले औषधी व्यवसायी वेदबहादुर थापा (गणेश थापा) लाई कार्य समिति सदस्यमा मनोनित गरेको छ ।

विराटनगर स्थित संघको कार्यालयमा बसेको बैठकले विराटनगर अस्पताल चौक स्थित कलश फर्माका संचालक एवं लामो समयदेखि औषधी व्यवसाय गर्दै आएका थापालाई कार्य समितिको सदस्यमा मनोनित गरेको हो । थापालाई सदस्य पदमा मनोनयन गरेसंगै संघको मोरङ शाखाले पूर्णता पाएको छ ।

नेपाल औषधी व्यवसायी संघको विधान २०३० को परिच्छेद १२ बमोजीम थापालाई जिल्ला कार्यसमितिको बैठकले मनोनयन गर्ने निर्णय गरेको महासचिव दिनेश ठाकुरले जानकारी दिएका छन् । औषधी व्यवसायी संघको विधान अनुसार जिल्ला शाखाहरुमा अध्यक्ष, उपाध्यक्ष, महासचिव, सचिव, कोषाध्यक्ष,सह–कोषाध्यक्ष र तीन जना सदस्य निर्वाचनबाट चयन हुने र उक्त निर्वाचित समितिले एक जना सदस्य मनोनित गरि १० जनाको समिति बनाउनु पर्ने व्यवस्था गरेको उपाध्यक्ष देशबन्धु ढकालले जानकारी गराए ।

जिल्ला कार्य समितिका अन्य पदाधिकारी तथा सदस्यहरुको सल्लाह, सुझाव र सिफारिसमा अध्यक्ष लक्ष्मी तिम्सिनाले थापालाई समितिको सदस्यमा मनोनयन गरेको जनाइएको छ । सदस्यमा मनोनयन गरेसँगै थापालाई अध्यक्ष तिम्सिनाले पद तथा गोपनियताको सपथ ग्रहण गराएका थिए । सपथ ग्रहण कार्यक्रमपछि अध्यक्ष तिम्सिनाले बधाई तथा शुभकामना दिंदै विगतमा झैं आउने दिनमापनि थापाले औषधी व्यवसायीको हक , हितका साथै मर्यादित र स्वच्छ प्रतिष्पर्धात्मक व्यवसाय गराउन उल्लेख्य भूमिका निर्वाह गर्ने विश्वास व्यक्त गरे । अध्यक्ष तिम्सिनाले नेपाल औषधी व्यवस्था विभाग विराटनगरले औषधी पसल तथा फर्म नविकरण गर्दा अनावश्यक हैरानी दिनेगरेको भन्दै त्यसलाई सहज बनाउन संम्बन्धीत निकायसंग माग गरे ।

गएको मंसिर २० गते विराटनगरमा भएको मोरङ शाखाको प्रथम जिल्ला अधिवेशनले लक्ष्मी तिम्सीनाको अध्यक्षतामा ९ जना कार्य समितिको पदाधिकारी तथा सदस्यहरु निर्वाचित गरेको थियो ।

सो अवसरमा नेपाल ओषधी व्यवसायी संघ सुनसरीका अध्क्ष रविन्द्र घिमिरेको समेत सहागीता रहेको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

तपाईको प्रतिक्रिया

*

KVM

खबर पूर्वाञ्चल

खबर पूर्वाञ्चल मिडिया प्रालीद्वारा सञ्चालीत खबर पूर्वाञ्चल डट कम
सञ्चालक तथा प्रवन्धक निर्देशक:
पुष्पराज थपलिया
सम्पर्क नं. ९८५२०२९८२२, ९८०७०६१९९२
Email: pushpa.biratnagar@gmail.com
सम्पादक – डिल्ली पोखरेल, ९८५२०२२३९२
सुचना तथा प्रसारण विभाग दर्ता नं. ०७५७/०७४/७५