शिक्षिकाको हत्या आरोपमा ओखलढुंगाबाट दुई पक्राउ

खबर पूर्वाञ्चल, १ चैत्र २०७६, शनिबार १९:४४

ओखलढुंगा / ओखलढुंगामा एक शिक्षिकाको हत्या आरोपमा एक दम्पत्ती पक्राउ परेका छन् ।

ओखलढुंगाको मोलुङ गाउँपालिका–५ प्राप्चाकी ३२ वर्षीया शिक्षिका हिरादेवी कटुवाल कार्कीको हत्या आरोपमा सिद्धिचरण नगरपालिका–९ का २५ वर्षीय रविराज रम्तेल र उनकी श्रीमती २३ वर्षीया कमला सार्कीलाई प्रहरीले पक्राउ गरेको हो ।

रम्तेल दम्पतीबीच भएको झगडा छुट्याउँदा शिक्षिकाको हत्या भएको प्रारम्भिक अनुसन्धानबाट खुलेसँगै उनीहरूलाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय ओखलढुंगाका प्रहरी निरीक्षक मिलन बस्नेतले बताए।

गत मंगलबार बिहान विद्यालय हिँडेकी शिक्षिका कार्की मृत फेला परेकी थिइन् । उनीहरूविरुद्ध ओखलढुंगा जिल्ला अदालतमा म्याद थप गरी अनुसन्धान भइरहेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

तपाईको प्रतिक्रिया

*

KVM

खबर पूर्वाञ्चल

खबर पूर्वाञ्चल मिडिया प्रालीद्वारा सञ्चालीत खबर पूर्वाञ्चल डट कम
सञ्चालक तथा प्रवन्धक निर्देशक:
पुष्पराज थपलिया
सम्पर्क नं. ९८५२०२९८२२, ९८०७०६१९९२
Email: pushpa.biratnagar@gmail.com
सम्पादक – डिल्ली पोखरेल, ९८५२०२२३९२
सुचना तथा प्रसारण विभाग दर्ता नं. ०७५७/०७४/७५