बजारमा अभाव भएपछि विराटनगरको कोशी अञ्चल अस्पतालले आफै उत्पालन गर्यो सेनिटाइजर र मास्क

खबर पूर्वाञ्चल, ३० फाल्गुन २०७६, शुक्रबार २०:३०

विराटनगर /कोशी अस्पतालले कर्मचारी, चिकित्सक र बिरामीका लागि आफै सेनिटाइजर तथा मास्क उत्पादन गरेको छ ।
कोरोना भाइरसको संक्रमणको त्रासले बजारमा सेनिटाइजर र माक्सको अभाव भएपनि कोशी अञ्चल अस्पतालले सेनिटाइजर र माक्सको उत्पादन शुरु गरेको हो ।

अस्पतालले माक्स र सेनिटाइजरमा प्रयोग हुने सामग्री खरिद गरि उक्त सामग्री बनाउन शुरु गरेको हो । बजारमा मास्क र सेनिटाइजरको अभाव भएपछि विश्व स्वास्थ्य संगठनको मापदण्डअनुसारक सेनिटाइजर उत्पादन गरेको कोशी अस्पतलाका मेसु डा.संगीता मिश्रले बताइन् । बजारमा अभाव देखिएकोले हामीले मादपण्ड पु¥याएर साधनको मिश्रणबाट सेनिटाइजर बनाएको उनले बताइन् ।

उत्पादन गरेको सामाग्री तत्काल अस्पतालका चिकित्सक र सेवाग्राहीले प्रयोग गर्ने डाक्टर मिश्रले बताइन् । चिकित्सक र कर्मचारीको सहयोगमा अस्पतालले शुक्रबारबाट विभिन्न केमिकलको प्रयोग गरी २० लिटर सेनिटाइजर उत्पादन गरेको अस्पतालले जनाएको छ ।

अस्पतालले आजै मात्र एक हजार थान डवल लेयरको माक्स समेत बनाएको डा. मिश्राले जानकारी गराइन् ।अस्पतालमा कार्यरत चिकित्सक, कर्मचारी तथा विरामीहरुका लागि सेनेटाइजर उत्पादन गरिएको हो । उत्पादन सेनिटाइजर र माक्स एक कार्यक्रम माझ डा. सुनिता मिश्रा, प्रदेश १ का सामाजिक विकास मन्त्रालयका स्वास्थ्य महाशाखा प्रमुख डा. सुरेश मेहतालाई हस्तान्तरण गरिएको छ ।

सेनिटाइजर उत्पादनकालागि हाइट्रोजन प्यारासाइड, स्प्रिट तथा ग्लिसिरिङ जस्ता सामग्री प्रयोग गरिएको छ ।

कोरोना भाइरस संक्रमण विरामीको चेकजाँचका लागि ल्याव समेत सञ्चालनमा अस्पतालले सञ्चालनमा ल्याएको छ । हेण्डवास बजारमा तत्काल आवश्यक भएको र बजारमा ६ सय प्रतिशतले मुल्य वृद्दि भएकाले अस्पतालले सेनिटाइजर उत्पादन गरिएको अस्पतालले जनाएको छ । कोशी अञ्चल अस्पतालमा दैनिक उपचारकालागि दुई हजार बढि विरामी उपचारका लागि आउने गर्दछन ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

तपाईको प्रतिक्रिया

*

KVM

खबर पूर्वाञ्चल

खबर पूर्वाञ्चल मिडिया प्रालीद्वारा सञ्चालीत खबर पूर्वाञ्चल डट कम
सञ्चालक तथा प्रवन्धक निर्देशक:
पुष्पराज थपलिया
सम्पर्क नं. ९८५२०२९८२२, ९८०७०६१९९२
Email: pushpa.biratnagar@gmail.com
सम्पादक – डिल्ली पोखरेल, ९८५२०२२३९२
सुचना तथा प्रसारण विभाग दर्ता नं. ०७५७/०७४/७५