विराटनगर / विराटनगर महानगरपालिका १२ मलङवामा श्रीमानले दाउराको चिर्पटले प्रहार गरि श्रीमतीको हत्या गरेका छन् ।
७२ बर्षीय श्रीमान परण ऋषिदेवले ७० बर्षीया आफ्नै श्रीमती सगुत्री ऋषिदेवलाई दाउराको चिर्पटले प्रहार गरी हत्या गरेका हुन्। हिजो साँझमा उनीहरुविच घरायसी विवाद हुँदा आवेगमा आई श्रीमान परणले श्रीमती सगुनीलाई टाउकोमा दाउराको चिर्पटले प्रहार गर्दा श्रीमतीको घटना स्थलमै मृत्यु भएको जिल्ला प्रहरी कार्यालय मोरङले जनाएको छ ।
घटनास्थलमा अनुसन्धान अधिकृतसहितको टोली खटि गई कानूनी प्रकृया पुरा गरी शव परिक्षणको लागि कोशी अस्पताल पठाएको छ भने परणलाई नियन्त्रणमा लिई अन्य थप अनुसन्धान भईरहेको मोरङ प्रहरीले जनाएको छ ।
तपाईको प्रतिक्रिया