पूर्वाञ्चल खबर
विराटनगर / विराटनगर –१० मा रहेको कान्तिपुर सेकेण्डरी स्कूलले होली पर्वको अवसरमा शुभकामना आदान प्रदान गर्दै विश्वभर फौलिरहेको कोरोना भाइरस सम्बन्धी जनचेतना तथा माक्स वितरण गरेको छ ।
स्कूलमा अध्ययनरत समपूर्ण विद्यार्थीहरुलाई माक्स वितरण गर्दै कोरोना भाइरस संक्रमण तथा यसबाट सचेत रहन अनुरोध गर्दै प्रा.डा. तेजनारायण मण्डलले कोरोना भाइरस सम्बन्धी जानकारी दिए । कार्यक्रममा स्कूलका प्रिन्सिपल भुवन नेपाल तथा भाइस प्रिन्सिपल देवीलाल महतोले होली पर्वको शुभकामना सहित माहामारीको विषयमा सचेत गराए ।