पत्रकार पौडेलको उपचारका लागि वीएफएमद्धारा २५ हजार सहयोग गर्ने घोषणा

खबर पूर्वाञ्चल, २५ फाल्गुन २०७६, आईतवार १८:२९

विराटनगर/ वीएफएम विराटनगरले विराटनगरका पत्रकार कमल पौडेलको स्वास्थ्य उपचारका लागि २५ हजार १ रुपैयाँ सहयोग गर्ने निर्णय गरेको छ ।

एफएमले होलीमिलन कार्यक्रमको खर्च वापतको रकम पत्रकार पौडेलको उपचारका लागि सहयोग गर्ने निर्णय गरिएको एफएमका कार्यकारी निर्देशक डा.सन्देशदास श्रेष्ठले बताए । एफएमले स्थापनाकालदेखि हरेक वर्ष विराटनगरका विभिन्न सञ्चार माध्यमका पत्रकारसँग होलिमिलन कार्यक्रम गर्दै आएको थियो ।

कार्यक्रम वापतको खर्चमा केही रकम एफएमले थप गरि स्वास्थ्य उपचारमा सहयोग गर्ने निर्णय गरिएको कार्यकारी निर्देशक डा.श्रेष्ठले बताए । व्लड क्यान्सरबाट पीडित रहेका पत्रकार पौडलको सिभिल अस्पताल काठमाण्डौंमा उपचार भईरहेको छ ।

उपचारमा केही सहयोग मिलोस भन्ने उद्देश्यले सहयोग गर्ने निर्णय गरिएको कार्यक्रम निर्देशक निशा खुशीले बताइन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

तपाईको प्रतिक्रिया

*

KVM

खबर पूर्वाञ्चल

खबर पूर्वाञ्चल मिडिया प्रालीद्वारा सञ्चालीत खबर पूर्वाञ्चल डट कम
सञ्चालक तथा प्रवन्धक निर्देशक:
पुष्पराज थपलिया
सम्पर्क नं. ९८५२०२९८२२, ९८०७०६१९९२
Email: pushpa.biratnagar@gmail.com
सम्पादक – डिल्ली पोखरेल, ९८५२०२२३९२
सुचना तथा प्रसारण विभाग दर्ता नं. ०७५७/०७४/७५