RUMPUM
animated ellipse animated ellipse

मानव बेचबिखनका अभियुक्त कारागार चलान

KhabarPurwanchal-Logo

खबर पूर्वाञ्चल

२३ फाल्गुन २०७६, शुक्रबार २०:१३
3
Shares
विराटनगर / मानव बेचबिखन तथा ओसारपसार मुद्दाका एक अभियुक्त जिल्ला अदालत मोरङले मागेको धरौटी वापतको रकम बुझाउन नसक्दा कारागार चलान भएका छन् ।

ललाई फकाई वैदेशिक रोजगारीको प्रलोभनमा परेर नेपाली युवतीलाई प्रतिबन्धित मुलुक कुवेत पु¥याउने योजना अनुसार मानव तस्करी गर्ने गिरोहलाई सहयोग पु¥याएका विराटनगर महानगरपालिका–१ का ३५ वर्षीय दीपक कुर्मी कारागार चलान भएका हुन् । उनी विरुद्ध चलाइएको मानव बेचबिखन तथा ओसारपसार मुद्दामा जिल्ला अदालत मोरङका न्यायाधीश किशोर घिमिरेको इजलासले चार लाख रुपैयाँ धरौटी माग गरेको थियो ।

इजलासले धरौटीमा छाड्न आदेश दिएपछि त्यो वापतको रकम बुझाउन नसकेका कारण कुर्मीलाई कारागार चलान गरिएको जिल्ला अदालत मोरङका सूचना अधिकारी युवराज पौडेलले बताए ।

भारतको नयाँ दिल्ली हुँदै अवैध बाटोबाट कुवेत पु¥याउन लागिएका दुई युवतीलाई जोगवनीतिर लिएर जाँदै गरेको अवस्थामा उनलाई प्रहरीले माघ २२ गते दिउँसो विराटनगर भन्सार कार्यालयको २ नम्बार टाढबाट पक्राउ गरेको थियो । आफन्त नेपाल नामक संस्थासँग समन्वय गर्दै प्रहरीले सिन्धुपाल्चोक घर भएका २० र २२ वर्षीया युवतीको उद्धार पनि गरिएको थियो । नेपाली महिलालाई श्रममा लगाउनका लागि कुवेत लैजान प्रतिबन्ध लगाइएको छ ।

दुवै युवतीलाई सिन्धुपाल्चोकका अर्जुन तामाङ र विराटनगर महानगरपालिका–५ का राजुप्रसाद रिजालबीचको योजना र ‘सेटिङ’मा जोगवनीबाट रेल चढाएर नयाँ दिल्ली हुँदै कुवेत पु¥याउने योजना बनेको प्रहरी अनुसन्धानबाट खुलेको छ । त्यही योजना अनुसार कुर्मीले दुवै युवतीलाई जोगवनीसम्म पु¥याउने जिम्मा लिएका थिए । युवतीलाई जोगवनी लिएर जाँदै गर्दा उनी पक्राउ परे ।

उद्धार गरिएका युवतीहरुले वैदेशिक रोजगारीको बहानामा प्रलोभनमा पार्दै झुक्याएर प्रतिबन्धित मुलुक लैजान खोजेको भनेर तामाङ, रिजाल र कुर्मी विरुद्ध किटानी जाहेरी दिएपछि प्रहरीले अनुसन्धान थालेको थियो । उनीहरु विरुद्ध प्रहरीले मानव बेचबिखन तथा ओसारपसार मुद्दा चलायो । मुख्य अभियुक्त तामाङ र रिजाल भने फरार रहेको र खोजी भइरहेको इलाका प्रहरी कार्यालय रानीका प्रहरी निरीक्षक दीपक थापाले बताए । ‘तामाङ र रिजाल मानव तस्करी गर्ने गिरोह भएको अनुसन्धानबाट पत्ता लागेको छ,’ उनले भने, ‘कुर्मीले भने उनीहरुको योजनामा सहयोग पु¥याएको देखिन्छ ।’

प्रहरीका अनुसार मानव तस्करी गर्ने गिरोहले पारिवारिक आर्थिक अवस्था कमजोर भएका युवतीलाई वैदेशिक रोजगारीको प्रलोभनमा पारेर प्रतिबन्धित मुलुक कटाउने गरेको खुलेको छ । अनुसन्धानबाट सम्बन्धीत ठाउँमा पु¥याएपछि गिरोहले कमिसन पाउने गरेको पुष्टि भएको जानकारी थापाले दिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

तपाईको प्रतिक्रिया

*

फोटो फिचर