विराटनगर / विराटनगर – ८ हाटखोलास्थित भोली शुक्रबारदेखि आर.के. सिटी सेन्टर सञ्चालनमा आउने भएको छ ।
विराटनगरको आरके चिल्ड्रेन अस्पतालका सञ्चालक डा. सुवोध शर्मा र सुनिल शर्माको करिब ७० करोड लगानीमा निर्माण भएको आधुनिक सुविधासहितको सेन्टर शुक्रबारबाट सञ्चालनमा आउने भएको हो ।
आज आरके सेन्टरमा पत्रकार सम्मेलन गरि यस्तो जानकारी गराएको हो । अत्याधुनिक सुविधा सम्पन्न ८ तले भवनमा आर.के. सिटी सेन्टर संचालनमा आउँदैछ । करिब डेढ वर्षमा निर्माण भएको सेन्टरमा अत्याधुनिक मल्टिप्लेक्स, रुफ टप स्विमिङ पुल, रुफ टप स्काई बार, जिम हल, जुम्बा, बालबालिकाका लागि प्ले जोनलगायत सुविधा छन् ।
भवनको फिनिसिङका काम पुरा भएकोले औपचारीक रूपमा उद्घाटन गरि सञ्चालनमा आउने सेन्टरका महाप्रवन्धक राजेश प्रसाइले जानकारी दिए । साढे ३ कट्ठा क्षेत्रफलमा उक्त भवन निर्माण भएको हो । आरके सिटी सेन्टर सञ्चालनको अवसर पारेर एक महिनासम्म विभिन्न सामाग्रीमा छुट योजना ल्याएको छ ।
सेन्टरका महाप्रवन्धक प्रसाइको अनुसार घर सजावटको समाग्री खरिदमा उपभोक्तालाई १५ प्रतिसत छुट योजना रहेको छ । यस्तै फनिर्चरको सामानमा १५ प्रतिशत, लत्ताकपडाको खरिदमा १५ प्रतिशत छुट रहेको छ । यसैगरि ६ हजार देखि ९ हजार ९ सय ९९ रुपैयाँसम्मको लत्ताकपडा खरिदमा थप १ हजार रुपैयाँ छुट योजना रहेको छ । १० हजारदेखि १९ हजार ९ सय ९९ रुपैयाँको कपडा खरिदमा २ हजार र २० हजार भन्दा माथिको लत्ताकपडा खरिदमा ५ हजार रुपैयाँ छुट योजना अगाडी सारेको प्रसाइले बताए ।
सिटी सेन्टरमा दैनिक उपभोग्य सामाग्रीसहित इलेक्ट्रोनिक्स, लताकपडालगायत सामाग्री राखिनेछन् । आधुनिक लिफ्ट राखिएको सेन्टरले उपभोक्ताहरुको आवश्यकतालाई पूर्ती गर्ने विश्वास लिइएको महाप्रवन्धक प्रसाईले बताए ।
तपाईको प्रतिक्रिया