सुनसरी / आफ्नै अनुयायीलाई बलात्कार गरेको आरोप लागेका सिद्धबाबा भनिने ४५ वर्षीय कृष्णबहादुर गिरी कारागार चलान भएका छन् ।
आज विहान जिल्ला अदालत सुनसरीमा आत्मसमर्पण गरेका सिद्धबाबालाई उच्च अदालत विराटनगरको आदेश अनुसार तत्कालै पुपक्र्षका लागि झुम्कास्थित क्षेत्रीय कारागार चलान गरिएको जिल्ला अदालतका निमित्त श्रेस्तेदार निधिराम दाहालले जानकारी दिए ।
जिल्ला अदालतबाट धरौटीमा रिहा भएका सिद्धबाबालाई उच्च अदालत विराटनगरले गत माघ १९ गते थुनामा राखेर थप कारबाही अगाडि बढाउन आदेश दिएको थियो । तर, आदेश आउनु अगाडि नै उनी जोगवनी नाका भएर भारततर्फ भागेका थिए । फरार भएको एक महिनापछि उनले आत्मसमर्पण गरेका हुन् ।
सिद्धबाबाले आफू भारतमा उपचारका लागि गएको र फर्कने क्रममा उच्च अदालतको आदेशको बारेमा जानकारी भएपछि अदालतमा हाजिर भएको निवेदनमा उल्लेख गरेका छन् । सिद्धबाबालाई कारागारको ब्लक ए मा राखिएको छ । कारागार चलान हुने क्रममा हिँड्न नमानेका सिद्धबाबालाई गाडीमै ब्लक एसम्म पु¥याइएको थियो ।
दीक्षा दिने बहानामा गत कार्तिक ४ गते राति आपूmमाथि बलात्कार गरेको भन्दै एक महिलाले उजुरी दिएकी थिइन् । उजुरी दर्तापछि विरामीको बहानामा करिब एक महिना गिरी विराटनगर अस्पतालमा भर्ना भएका थिए । अस्पतालको क्याबिनमै बसेर हिरासतमा बस्नुपर्ने समय कटाएपछि उनी जिल्ला अदालतबाट ३ लाख रुपैयाँ धरौटीमा छुटेका थिए ।
तपाईको प्रतिक्रिया