पद वाँडेर पार्टी वलियो हुदैन–वरिष्ट नेता पौडेल

खबर पूर्वाञ्चल, २० फाल्गुन २०७६, मंगलवार २०:२७

विराटनगर / मुलुकलाई भ्रष्टाचार मुक्त बनाउन पार्टी सशकत रुपमा उभिनु पर्ने नेपाली काङग्रेस वरिष्ठ नेता रामचन्द्र पौडेलले बताएका छन् ।

आज विराटनगरमा पिताजी कृष्णप्रसाद कोइराला स्मृति परिषद विराटनगरलेँ आयोजित सम्मान समर्पण समारोहमा समाजसेवी एवं पूर्व राजदूत गोपालप्रसाद शर्मालाई सम्मान गर्दै नेता पौडेलले सेक्युरिटी प्रेस र वाइड वडी जहाजको भ्रष्टारका विरुद्ध सदन र सडकमा सशक्त रुपमा विरोध हुनुपर्नेमा जोड दिए ।

नेता पौडेलले जनताले ठूलो त्यागवाट ल्याएको संङ्घीय लोकतान्त्रिक गणतन्त्र स्थायित्वका लागि प्रतिपक्षको रुपमा नेकाले भूमिका सक्रिय रुपमा निभाउनु पर्ने बताए । पद वाँडेर पार्टी वलियो नहुने चर्चा गर्दै नेता पौडेले भातृ संगठनको अधिवेशन गरे स्वच्छ छवि भएका प्रतिनिधिहरुको चयन गर्नु पर्ने अवस्था सिर्जना भएको बताए ।
पार्टीभित्रको विमती नीतिगत र प्रक्रियागतको आधारमा भएको हो व्यक्तिको आधारमा होइन भन्दै नेता पौडेले पार्र्टी जोगाउन पूर्वाग्रह नराखी सहमती आउन सवैलाई आग्रह समेत गरे । उनले कांग्रेस पार्टीलाई जनताको भरोसाको पार्टी वनाउन नेतृत्व तह लाग्नुुपर्नेमा जोड दिए ।

महाधिवेशनको मिति घोषणा भइसकेको अवस्थामा भातृसंघ संगठनहरुको निर्वाचन गराएर गाउँ तथा जिल्ला स्तरमा महाधिवेशनको तयारीमा लाग्नुु आवश्यक रहेको नेता पौडेले वताए । उनले विधि र प्रकिृया विपरित पार्टी अघि वढेकाले आफुले त्यसको विरोध गरेको वताए ।
राजनितिक अवस्थाका कारण जनतामा नैरश्यता छाएकाले जनताको निराशालाइृ आशामा परिणत गर्न कांग्रेस एकतावद्ध भएर अघि वढनुुपर्ने नेता पौडेले बताए ।

नेपाली कांग्रेसका केन्द्रीय सदस्य महेश आर्चायले पिताजी कृष्णप्रसाद कोइराला आधुुनिक नेपालका शुुत्रधार हुुनुुहुुन्थ्यो भन्दै उहाँको योगदानलाई पार्टीका नेताहरुले अनुुशरण गर्नुुपनेमा जोड दिए ।
केन्द्रीय सदस्य डा. शेखर कोइरालाले प्रतिपंक्षमा रहेका कांग्रेसले संसदमा प्रभावकारी भुुमिका निर्वाह गर्न नसकेको भन्दै कांग्रेसले व्यक्तिवादी चरित्र त्याग्नुु पर्ने वताए ।

नेपाल कम्यूनिष्ट पार्टी (नेकपा)का केन्द्रीय सदस्य महेश रेग्मीले अध्यारो समाजलाई शैक्षिक, राजनैतिक, चेतना र आर्थिक रुपमा चेतना जागृत गराउन स्व. कोइरालाले आफ्नो जीवन सपर्मण गर्नु भएको स्मरण गरे ।

कार्यक्रमा नेपाली काग्रेसका केन्द्रीय सदस्य अमृत अर्याल ,समितिका अध्यक्ष अशोक कोइराला, विराटनगर महानगरपालिकाका उपप्रमुख इन्दिरा कार्की, नेपाली काङ्ग्रेस प्रदेश सभा प्रमुख सचेतक केदार कार्की, साहित्यकार दधिराज सुुवेदीलगायतले प्रजातन्त्र स्थापनका लागी स्वर्गिय कृष्षप्रसाद कोइरालाले खेल्नुुुु भएको भुुमिकाको चर्चा गरे ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

तपाईको प्रतिक्रिया

*

खबर पूर्वाञ्चल

खबर पूर्वाञ्चल मिडिया प्रालीद्वारा सञ्चालीत खबर पूर्वाञ्चल डट कम
सञ्चालक तथा प्रवन्धक निर्देशक:
पुष्पराज थपलिया
सम्पर्क नं. ९८५२०२९८२२, ९८०७०६१९९२
Email: pushpa.biratnagar@gmail.com
सम्पादक – डिल्ली पोखरेल, ९८५२०२२३९२
सुचना तथा प्रसारण विभाग दर्ता नं. ०७५७/०७४/७५