CLASSICTECH NET

सामाजि सुरक्षा कोषलाई सरलकृत गर्नुपर्ने उद्योगीको सुझाब

खबर पूर्वाञ्चल, १५ फाल्गुन २०७६, बिहीबार २०:४६

विराटनगर / सरकारले ल्याएको सामाजिक सुरक्षा ऐनलाई सरलकृत गरेर अगाडी बढनुपर्ने उद्योगी व्यवसायीहरूले सरकारलाई सुझाब दिएका छन् ।

उद्योग संगठन मोरङ र नेपाल सरकार, सामाजिक सुरक्षा कोषको आयोजनामा विराटनगरमा बिहीबार भएको सामाजिक सुरक्षा कोष सम्बन्धी अन्तरक्रिया कार्यक्रममा उद्योगी, व्यवसायीहरूले यस्तो सुझाब दिएका हुन् ।

कार्यक्रममा बोल्दै प्रदेश १ का सामाजिक विकास मन्त्री जीवन घिमिरेले रोजगारदाता र श्रमिक एकै परिवारका भएकाले दुवै पक्षले साझेदारीमा सामाजिक सुरक्षा कोष सम्बन्धी कार्यक्रमलाई प्रभावकारी रुपमा कार्यान्वयन लैजानु पर्ने बताएका छन् ।

उद्योग संगठन मोरङ र नेपाल सरकार, सामाजिक सुरक्षा कोषको आयोजनामा आज विराटनगरमा सामाजिक सुरक्षा कोषको आयोजनामा सामाजिक सुरक्षा कोष सम्बन्धी अन्तरक्रिया कार्यक्रम मन्त्री घिमिरेले सो कुरा बताएका हुन् । उनले ऐन कार्यान्वयनका क्रममा देखिएका जटिलतालाई सच्याउदै यस किसिमको अन्तरक्रियालाई अझ व्यापक रुपमा सबै पक्षको सहभागितामा आयोजना गर्नु पर्नेमा जोड दिए ।

मन्त्री जीवन घिमिरेले सामाजिक सुरक्षा कोषको कार्यालय स्थापनाका लागि प्रदेश १ को सामाजिक विकास मन्त्रालयलये सहजीकरण गर्ने प्रतिवद्धतता व्यक्त गर्दै छिटो भन्दा छिटो जनशक्ति सहित कार्यालय स्थापनामा जोड दिए ।

संगठनका कार्यवाहक अध्यक्ष सुयश प्याकुरेलले सामाजिक सुरक्षा कोष कार्यन्वयनमा आएतापनि कार्यन्वयनका क्रममा रोजगारदाताले अन्यौलताको सामना गर्नु परेको बताउँदै सामाजिक सुरक्षा ऐनलाई सरलकृत गर्दै सबैको स्वेच्छिक सहभागितामा हुने वातावरण सिर्जना गर्नु पर्ने वताए ।
उनले योगदानकर्ताले आफुले जम्मा गरेको रकम फिर्ता पाउने विधि आङ्खनो सामाजिक सुरक्षाको प्रतिवद्घतालगायतका विषयमा योगदानकर्तालाइृ पूर्ण जानकारी हुने अवस्थाको सिर्जना गर्दै यसलाई सवैपक्षको अपनत्व हुने गरी कार्यान्वयन ल्याउनु पर्ने कुरामा जोड दिए ।

संगठनका उपाध्यक्ष राकेश सुुरानाले सामाजिक सुरक्षा कोष र संचालन विधिबाट रोजगारदाताको योगदान, योगदानकर्ताले कोषवाट पाउने सेवा सुविधा लगायतका विषय मा पूर्ण जानकारी नपाएको अवस्थालाई ध्यानमा राख्दै संगठनकले सामाजिक सुरक्षा कोÈ संग समन्वय गर्दै कार्यक्रम आयोजना गरेको वताउदै कार्यक्रमले यस विषयमा थप स्पष्ट पार्ने विश्वास व्यक्त गरे ।

रोजगारदातको प्रश्नको उत्तर दिदै सामाजिक सुरक्षा कोषका उपनिर्देशक रोहित रेग्मीले कार्यान्वयनको शुरुवातको अवस्थामा भएकाले केही कमी कमजोरी देखिएतापनि आगामी दिनमा कोषले त्यस्ता कमी कमजोरीलाई सच्याउदै लैजाने वताए । उनले श्रमिकबाट शुरु भएको सामाजिक सुरक्षा कार्यक्रमले आगामी दिनमा सबैलाई समेटने जानकारी गराए ।

तपाईको प्रतिक्रिया

*

खबर पूर्वाञ्चल

खबर पूर्वाञ्चल मिडिया प्रालीद्वारा सञ्चालीत खबर पूर्वाञ्चल डट कम
सञ्चालक तथा प्रवन्धक निर्देशक:
पुष्पराज थपलिया
सम्पर्क नं. ९८५२०२९८२२, ९८०७०६१९९२
Email: pushpa.biratnagar@gmail.com
सम्पादक – डिल्ली पोखरेल, ९८५२०२२३९२
सुचना तथा प्रसारण विभाग दर्ता नं. ०७५७/०७४/७५