CLASSICTECH NET

सिग्देल पत्रकारिता पुरस्कार बुढाथोकीलाई

खबर पूर्वाञ्चल, १५ फाल्गुन २०७६, बिहीबार १९:३४

विराटनगर / कृष्णप्रसाद सिग्देल यूवा पत्रकारिता पुरस्कार पत्रकार किशोर बुढाथोकीलाई प्रदान गरिने भएको छ ।

अन्नपूर्ण पोष्ट दैनिक विराटनगरका संवाददाता पत्रकार बुढाथोकीलाई सो पुरस्कार आगामी फागुन १८ गते विराटनगरमा एक कार्यक्रमको आयोजना गरि वितरण गरिने निर्णय गरिएको प्रेस संगठन मोरङका संयोजक सुदीप कोइरालाले बताए । पुरस्कारका राशी नगद १० हजार १ सय ११ रुपैयाँ रहेको छ । प्रेस संगठन मोरङको कार्यसमितिको सपथग्रहण कार्यक्रमको अवसरपारि सो पुरस्कार प्रदान गरिने भएको छ ।

कृष्णप्रसाद सिग्देल यूवा पत्रकारिता पुरस्कार यसअघि तत्कालिन प्रेस चौतारी नेपालको स्थापना दिवसको अवसरमा वितरण गरिदै आईएको थियो । सो पुरस्कारबाट यसअघि पत्रकार भक्त राई, शान्ति दाहाल, मिलन के राउत, कमल रिमाल र सुमन सुस्केरा पुरस्कृत भईसक्नु भएको छ ।

तपाईको प्रतिक्रिया

*

खबर पूर्वाञ्चल

खबर पूर्वाञ्चल मिडिया प्रालीद्वारा सञ्चालीत खबर पूर्वाञ्चल डट कम
सञ्चालक तथा प्रवन्धक निर्देशक:
पुष्पराज थपलिया
सम्पर्क नं. ९८५२०२९८२२, ९८०७०६१९९२
Email: pushpa.biratnagar@gmail.com
सम्पादक – डिल्ली पोखरेल, ९८५२०२२३९२
सुचना तथा प्रसारण विभाग दर्ता नं. ०७५७/०७४/७५