बास्कोटालाई लागेको आरोप प्रमाणित भए कारबाही गर्ने प्रधानमन्त्रीको भनाइ

खबर पूर्वाञ्चल, १५ फाल्गुन २०७६, बिहीबार १८:१२
फाइल तस्वीर

काठमाण्डौ / प्रधानमन्त्री केपी शर्मा ओलीले पूर्वमन्त्री गोकुल बास्कोटाले सुरक्षण मुद्रण खरिदका सम्बन्धमा ७० करोड अनियमितताका बारे गरेको कुराकानीको श्रव्य सामग्रीको बचाउ गरेका छन् ।

आज काठमाण्डौँमा आयोजित बागमती प्रदेश स्तरीय कार्यकर्ता प्रशिक्षणमा नेकपा अध्यक्षसमेत रहेका ओलीले बास्कोटामाथि लागेको आरोप प्रमाणित भइनसकेको भन्दै आफू र बास्कोटाविरुद्ध अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा परेको उजुरीलाई पनि गलत भएको टिप्पणी गरे । आफूले बास्कोटाको बचाउ नगरेको दाबी गर्दै अनुसन्धानपछि दोषी पाए कारबाही हुने ओलीको भनाइ छ ।

बास्कोटाले सुरक्षण मुद्रण खरिदका लागि स्विस कम्पनीका नेपाली प्रतिनिधिसँग ७० करोड कमिसन मागेको श्रव्य सामग्री केही दिनअगाडि सार्वजनिक भएको थियो ।

प्रशिक्षणमा नेकपाका अर्का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले बाहिर हल्ला भएजस्तो बबन्डर नेकपामाभित्र नभएको दावी गरे । पार्टीलाई विघटन र विभाजन हुने अवस्था आउन नदिने धारणा राख्दै कहिलेकाहीँ विवाद भए पनि समस्याको समाधान गर्ने गरेको उहाँले बताए । कम्युनिस्ट पार्टीलाई दुश्मनले परास्त्र गर्न नसके पनि सत्तामा गएपछि आफैँ भ्रस्टाचारमा लिप्त हुने, कुशासनतिर जाने र अहङकार बढेको प्रचण्डको भनाइ थियो ।

तपाईको प्रतिक्रिया

*

खबर पूर्वाञ्चल

खबर पूर्वाञ्चल मिडिया प्रालीद्वारा सञ्चालीत खबर पूर्वाञ्चल डट कम
सञ्चालक तथा प्रवन्धक निर्देशक:
पुष्पराज थपलिया
सम्पर्क नं. ९८५२०२९८२२, ९८०७०६१९९२
Email: pushpa.biratnagar@gmail.com
सम्पादक – डिल्ली पोखरेल, ९८५२०२२३९२
सुचना तथा प्रसारण विभाग दर्ता नं. ०७५७/०७४/७५