प्रथम स्ट्रोङगेस्ट म्यान अफ मोरङ प्रतियोगिता हुने

खबर पूर्वाञ्चल, १२ फाल्गुन २०७६, सोमबार २१:१२

विराटनगर / मोरङ बडिबिल्डिङ एण्ड फिटनेस एशोसिएसनले प्रथम स्ट्रोङगेस्ट म्यान अफ मोरङ प्रतियोगिता आयोजना गर्ने भएको छ ।

फिटनेश एशोसिएसनले विराटनगरले आज विराटनगरमा पत्रकार सम्मेलन गरि प्रतियोगिता फायुन २४ गते विराटनगरमा हुने जानकारी गराएको हो । एशोसिएसनका अध्यक्ष अम्लेशकुमार कर्णले समाज र देशलाई कुलतबाट बचाउन अहिलेको समयमा शारीरिक सुगठनले ठूलो भूमिका खेल्ने बताए । उनले यस्ता प्रतियोगिताले हजारौँ युवालाई खेलप्रति आकर्षित गराउन सहयोग र्पुयाउने बताए ।

खेल र खेलाडीलाई प्रोत्साहन गर्न स्ट्रोङगेस्ट म्यान अफ मोरङ बेञ्च प्रेस जिल्लास्तरीय प्रतियोतिा हुने हो । खेलमा ६० किलो, ६५ किलो, ७० किलो, ७५ किलो र ८० किलोदेखि माथि तौल समूहका खेलाडीलाई सहभागी रहने आयोजकले जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

तपाईको प्रतिक्रिया

*

NBC

खबर पूर्वाञ्चल

खबर पूर्वाञ्चल मिडिया प्रालीद्वारा सञ्चालीत खबर पूर्वाञ्चल डट कम
सञ्चालक तथा प्रवन्धक निर्देशक:
पुष्पराज थपलिया
सम्पर्क नं. ९८५२०२९८२२, ९८०७०६१९९२
Email: pushpa.biratnagar@gmail.com
सम्पादक – डिल्ली पोखरेल, ९८५२०२२३९२
सुचना तथा प्रसारण विभाग दर्ता नं. ०७५७/०७४/७५